साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

कोर्रा हानेर नुन दल्ने हो भने साविती हुन सक्थे लुटेरा र तस्कर कसरी जनताका साथी हुन सक्थे यी त कंशहरू हुन् सुधिन सक्छन् विश्वास नगर्नुस् रत्नाकर भए बरू सुधारिएर वाल्मिकी हुन सक्थे ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
जिन्दगीका अध्यायहरूमा अनेकौँ सवाल भेटिन्छ
पाइलापाइला गौँडागौँडामा थापेको धराप भेटिन्छ
यस्तै रहेछ मान्छे भन्नू भित्र एकथोक र बाहिर अर्कै
प्रत्येक मान्छेको मुहारमा मुखुण्डो र नकाव भेटिन्छ ।

२.
नाटक गर्छन् तामझाम बिचित्रका झाईं गर्छन्
कोही तपाईं भनोस् नभनोस् आफै मपाईं गर्छन्
सारमा उस्तै हुने गर्छन् पर्खालभित्रबाट भुक्नेहरू
भित्र छँदा चर्को भौँ भौँ बाहिर जाँदा काईं गर्छन् ।

३.
चल्न त जिन्दगीहरू जसरी तसरी चलिरहेका हुन्छन्
बाँच्नुको नाममा मृत्युका केही पल छलिरहेका हुन्छन्
दण्ड अथवा पुरस्कार जे दिनु पर्छ त्यो दिन्छ समयले
अरूलाई जलाउन खोज्नेहरू आफै जलिरहेका हुन्छन् ।

४.
कोर्रा हानेर नुन दल्ने हो भने साविती हुन सक्थे
लुटेरा र तस्कर कसरी जनताका साथी हुन सक्थे
यी त कंशहरू हुन् सुधिन सक्छन् विश्वास नगर्नुस्
रत्नाकर भए बरू सुधारिएर वाल्मिकी हुन सक्थे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x