साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढालिन्छ गाई बुढी

हाम्रो शासन चल्छ यो विपिनका सम्राट हामी ठुला, सारा कानुन न्यायदेखि पर छौँ पारेर बस्छौँ दुला, दिन्छौँ चोट कडा कडा हृदयमा ल्याएर नौला रुढी, भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

कालो रात अवश्य हुन्छ भवमा छोपिन्छ मौका अब
को छेक्ने दुनियाँ त आज रमिता हेरेर बस्छन् सब
हामी एक भएर वायु बलले तान्छौँ नि आन्द्रा भुँडी
भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥१

ब्याएको अघिथ्यो र पेट भरियो त्यो सालले नालले
बाछा धेर चपाइयो र घिचियो नाना थरी जालले
गोठाला सब ती बिकेर धनमा बाँटेर बस्छन् लुँडी
भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥२

यस्तै हिंस्रक काममा मन दिए हाम्रा खुदाले पनि
आज्ञापालन गर्दछौँ नि बहुतै आदर्श चेला बनी
हाम्रो यो अधिकार हो नि हुलमा खाएर बस्ने मुडी
भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥३

हाम्रो शासन चल्छ यो विपिनका सम्राट हामी ठुला
सारा कानुन न्यायदेखि पर छौँ पारेर बस्छौँ दुला
दिन्छौँ चोट कडा कडा हृदयमा ल्याएर नौला रुढी
भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥४

लिन्छौँ आसिक वारि पारि गुरुका माथा उतै धर्दछौँ
पार्छौँ त्राहि सबै सजीव र यहाँ हिंसा ठुलो गर्दछौँ
ह्याकुल्लो सहजै गरी जफत त्यो खान्छौँ गलाई खुँडी
भन्छन् स्याल हुँडार गिद्ध जसरी ढालिन्छ गाई बुढी ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x