साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता हुँ

इमान जमान यहाँ कस्को छ र ? सिद्धान्तनिष्ठ को नै छ र ? लङ्गौटी उचाल्ने छँदैछन्, मलाई के को डर ? त्यसैले, मैले भन्दिया छ नि, म त नेता हुँ नेता । नेपालको नेता ॥

Nepal Telecom ad

शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ :

म त नेता हुँ नेता ।
नेपालको नेता ॥
न मलाई योग्यता चाहिन्छ,
न मलाई हेप्न नै पाइन्छ ।
मलाई त सदा सर्बदा सत्ता चाहिन्छ,
मैले भन्दिया छ नि,
म त नेता हुँ नेता,
नेपालको नेता ॥

जागिर होर ? योग्यता चाहिने ।
विवाह गर्ने होर ? उमेर चाहिंने !
नागरिक्ता वनाउने पनि होईन,
लाईसेन्स लिने पनि होइन ।
नेता हुनलाई अभियोग लागेको हुनुपर्छ,
डन, गुण्डा, बलात्करी, वरिपरि चाहिन्छ,
त्यतिकै नेताहुन काहाँ पाईन्छ ।
थप योग्यता केहि चाहिन्न,
योग्यता पुगेन भन्न पनि पाइन्न ॥
म त नेता हुँ नेता ।
नेपालको नेता ॥

राल सिंगान काढे पनि,
होसले ठेगान छाडे पनि,
जनतालाई मारे पनि,
व्यवस्था नै भाँडे पनि,
नियम कानुन छाडे पनि,
मैले भन्दिया छ नि,
म त नेता हुँ नेता ।
नेपालको नेता ॥

नेता भनेको ढ्वाँङ हो,
पिछलग्गुलाई ल्वाँङ हो,
सर्वसाधरणलाई स्वांङ हो,
जति हाले पनि नभरिने,
म त एउटा प्वाँङ हो ।
जति भने पनि नलाग्ने,
मनपरी गरेर नथाक्ने,
नेता हलुंङ्गेको भाँडो हो,
जनताको घाँडो हो ।
जति सक्दो छिटो फाल्नु पर्ने,
यो मुलुककै ठाँडो हो ।
तर पनि,
मैले भन्दिया छ नि,
म त नेता हुँ नेता ।
नेपालको नेता ॥

म कुहिएको सिनो हुँ,
दंग दंगी गन्हाउने ।
म मानव विष्टाको किरो हो,
भ्रष्टाचारमा रमाउने,
विदेशीको पुच्छर समाउने ।
संधै दुर्नाम मात्र कमाउने ॥
पद नपाए मिठा कुरा,
पद पाए झुटा कुरा,
दलभित्र एउटा कुरा,
दल बाहिर अर्को कुरा,
जनतालाई ढाँट्नसक्ने,
खुवी छ मेरो पुराका पुरा ॥
त्यसैले, मैले भन्दिया छ नि,
म त नेता हुँ नेता ।
नेपालको नेता ॥

म गठबन्धन जोड्न सक्छु,
म आफ्नै दल फोड्न सक्छु ।
म बाचा बन्धन तोड्न सक्छु,
म साथिभाइ छोड्न सक्छु ।
इमान जमान यहाँ कस्को छ र ?
सिद्धान्तनिष्ठ को नै छ र ?
लङ्गौटी उचाल्ने छँदैछन्,
मलाई के को डर ?
त्यसैले, मैले भन्दिया छ नि,
म त नेता हुँ नेता ।
नेपालको नेता ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x