साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाओ रमाओ बस

सिङ्गो देश मसान पार सबमा फैलाउँदै आतस आए गर्न विरोध सभ्य मनुवा घाँटी समाई कस मिल्दैनन् जनता फसेर गुटमा फुट्छन् सधैँ आपस आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

हिंसामा दुनियाँ परे सब मरे हिंसा छ चारैतिर
हिंसा मोह हुने डिँगा अघि सरे पारेर ठाडो शिर
भारी ढेर छ लासको मुलुकमा दाह्रा र नङ्ग्रा धस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥१

मान्छेको अहिले छ यो मुलुकमा साह्रै खडेरी अरे
मान्छे छन् तर मानवीय उसका सम्वेदना नै मरे
मान्छेभित्र विशेष चेतन नयाँ आएन त्यो वापस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥२

गर्दैनन् दुनियाँ विरोध सहसा कस्तै ठुलो घातमा
बानी नै छ लुते लुकेर रहने कालो कडा रातमा
मान्छे हो जति जो पराजित भयौ जाओ दुलोमा पस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥३

सिध्याओ मुटु नै भुटेर सबको फोक्सो फियो नै चुँडी
ह्याकुल्लो बलले फटाफट लुछी घ्याम्पे बनाओ भुँडी
जस्ले गर्छ विरोध यो मिसनमा घाँटी तिनैको कस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥४

भेडो झैँ जनता बने मुलुकका खप्ने दशा जे जति
पुर्खाको यश कीर्ति चङ्खपन त्यो आएन एकै रती
बोक्रोमै दुनियाँ रमाउँछ यहाँ लाओ गुदी औ रस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥५

सिङ्गो देश मसान पार सबमा फैलाउँदै आतस
आए गर्न विरोध सभ्य मनुवा घाँटी समाई कस
मिल्दैनन् जनता फसेर गुटमा फुट्छन् सधैँ आपस
आओ स्याल हुँडार गिद्ध र बिलो खाओ रमाओ बस ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x