साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावधान… होसियार !

माटामा खुट्टा नराखी उड़ेर हिँड़्ने नेता पाएका छौं । नेताहरूले जतिसुकै गल्ती गरे पनि हामी एडजस्ट वा कम्प्रोमाइज गरिहाल्छौं । हुन पनि यो परिवर्तनशील समयमा यदि एडजस्ट वा कम्प्रोमाइज गर्न सिकेनौं वा जानेनौं भने त्यो दोष हाम्रै हो ।

Nepal Telecom ad
नगिता लेप्चा राई
समय आउँछ पर्खदैन,
बगेको खोलो फर्कँदैन ।।।
आफ्नै सीमा र गतिमा हिँड़्ने समय निस्वार्थ र निश्चल हुन्छ । समयलाई धनी, गरिब, शक्तिवान्, रुपवान्, रोगी, निरोगी कसैसित कुनै मतलब हुँदैन । समयले न धनीको धनको लोभ गर्छ, न कुनै शक्तिसित डराउँछ, न गरिब, निमुखा भनी माया गर्छ न कसैको रुपसित मोहित हुन्छ । न भगवान्, न दानव, न मानव कसैलाई टेर्दैन ! आफ्नै धुनमा बगिरहन्छ समय । यसैकारण समयलाई मैले गोर्खे जिप भनेकी छु । र, यो समयको गोर्खे जिप कहिल्यै रोकिँदैन । त्यो कुदेको कुदेकै छ । गोर्खे जिपलाई  पेट्रोल वा डिजेल चाहिँदैन, न सकिन्छ नै । यसलाई ठेल्नु पर्दैन न टोचन नै लाउनुपर्छ । अनादिकालदेखि कुदेको छ कि कुदेको छ अनि अनन्तसम्म यो चल्नेछ । पुरानो स्लोगान– चल्छ, चल्नेछ ।
समयको यो गोर्खे जिपमा चढ़ेर हामी निकै टाढ़ासम्म आइपुगेका छौं ।  धेरै बाटा–घाटा, उकाली–ओह्राली नाँघिसकेका छौं । हिँड़्दा–हिँड़्दा छोडि़सकेका बाटा–घाटाहरूलाई कहिलेकाहीँ फर्केर पनि हेर्ने गर्छौं अनि चुक–चुक् गर्दै भन्ने गर्छौं– आहा ! अतितका ती बाटा–घाटाहरू नै राम्रा थिए । अहिले जुन बाटाहरू भएर हिँड़्दैछौं ती बाटाहरू पाप्रा उप्केका घाउहरू जस्तै छन् । हिँड़्दा ठोकिँदै, धकिँदै, हुत्तिँदै हिँड़्नु पर्दैछ । अर्थात् त्यो समय नै राम्रो थियो । अहिलेको समय खतम छ…रड्डी छ ।
जेनेरेशन ग्याप वा प्रजन्मको व्यवधान छ । यो कुरो सुन्दा–सुन्दा यी कानहरू थेत्तर भइसकेका छन् । बाबुबाजेहरूले यो कुरा उहिल्यै थाहा पाइसकेका हुन् । त्यसपछि मैले अनि मेरा बाल–बच्चाहरूले थाहा पाउँनेछन्, यो नियम हो । जेनेरेशन ग्यापको दलदलमा फँसेर हामी पछिल्तिर फर्की भन्ने गर्छौं– आहा ! क्या सुन्दर ! तर मलाई के लाग्छ भने, त्यो भूल चश्माले भूल देखिएको मात्र हो । यी सबै मन भुल्याउने कुराहरू मात्रै हुन् ।
यो संसारको विशाल बाटा–घाटा, मैदानमा सबै दुगुर्दैछन् । बाल–वृद्–वनिता सबै एक तमासले दुगुरिरहेका छन् । कोही रोकिएका छन् भने कोही नन स्टप दुगुरेको दुगुर¥यै । एक्सप्रेस माल । सामान्य रोकियो कि ता पछिल्तिरबाट ठेल्नेहरू यतिकै हुन्छन् । उछिँदै जाँदा पछिल्तिरबाट उही ठेल्नेहरू तानेको तानेकै गर्छन् ।
एकक्षण घोत्लिऔं न अब । हिजोआजको दिन राम्रो कि नराम्रो ? यदि म भानुभक्तको समयमा जन्मेकी भए र वर्तमानमा जन्मेको भए के फरक हुन्थ्यो ? पहिलेका प्रख्यात विभूतिहरू सबै नै प्रायः पचासभित्रमै पैताला फर्काउँथे । भानुभक्त, मोतीराम, देवकोटा, गिरी, कटुवाल सबै नै कम्ति उमेरमै बिते । तर त्यही कम्ति समयमा उनीहरूले जे गरेर गएका छन्  हामीहरू त्यसको डबल बाँच्यौं भने पनि केही ताछ्न् सक्दैनौं…नाप्न सक्दैनौं ।
उहिले कालो ज्वरो, कलेरा, प्लेग, सुकेनाश (टिबी) रोगहरू सुपर हिट थिए । अहिले ती सबै रोगहरू फ्लप भइसकेका छन् । क्यान्सर आयो । एडस् आयो । मात्नु अचेल नर्मल भइसकेको छ । त्यसलाई अहिले ड्रग्स, गोटीले फ्लप पारेको छ ।
अचेलका विद्यार्थीहरूका टाउकामा विद्याको गह्रौं बोझ बोकाइएको छ । आमा–बाबुको घोंचाइँले सबै मूसा दुगुराइ गरिरहेछन् । कोही गर्दैछन्, कोही हराउँदैछन् । सबै आलु हुँदैछन् । बुद्धि ? एउटा कथाको स्मरण भयो– काग र फ्याउरोको कथा । फ्याउरोले आफ्नो चतुर बुद्धिले कागलाई फुर्काएर त्यसको मुखबाट रोटीको टुक्रा हात पारेको कथा । मैले पहिलो श्रेणीमै पढ़ेकी यो कथा अहिले पहिलो श्रेणी पढ़्दै गरेका मेरो एकजना विद्यार्थीलाई सुनाउँदा उसले मलाई सोधी– गुरुमा ! कागले त्यो रोटीको टुक्रा आफ्नो खुट्टामा च्यापेर पनि गीत गाउन सक्थ्यो । कि चाहिँ त्यो रोटीको टुक्रा त्यसकै गुँड़मा राखेर पनि गीत सुनाउन सक्थ्यो त । समस्त काग सन्तानलाई गोहार मागी गुहार मागी त्यो फ्याउरोलाई ठुङ्दा पनि फ्याउरोले सुइँकुच्चा ठोक्थ्यो ।
म बोलिनँ । तर उपर्युक्त तीनैवटा काम हुन सक्थ्यो । त्यसताक .यो कथा सुन्दा कसैले फुर्कायो भन्दैमा ग्यास बेलुनजस्तो माथि उड़्नु हुँदैन भन्ने शिक्षा लिएकी छु । साँच्चै अचेलका बाबुहरूको बुद्धि गजबकै छ ।  एकदिन लाड़े पल्टिँदै मेरो छोरोले मलाई सोध्यो– मम्मा….तपाईंको खास घर कहाँ हो ?
मैले जवाब दिएँ– मुण्डाकोठी
– अनि पापाको घर चाहिँ ?
– लाटपञ्चर ।
– अनि मेरो ?
– तिम्रो ? तिम्रो घर खोलाचन्द फाप्री ।
त्यसले मलाई गम्भीर प्रश्न ग-यो– पापाको घर लाटपञ्चर, तपाईंको मुण्डाकोठी अनि मेरो खोलाचन्द फाप्री । अनि हामी तीनजनाको भेट चाहिँ कसरी भयो मम्मा ?
बोलिनँ म । यसको उत्तर नै थिएन मसित ।
अब हामी यस्ता बाबुहरूसित सावधान हुने समय आएको छ । यिनीहरू जस्ता बाठा चतुर कोही छैनन् । यसर्थ यिनीहरूलाई ह्याण्ज गर्न अगावै पहिले हामीले आफूलाई नै चलाउन ह्याण्डल गर्नु परेको छ ।
अचेलका बाबु (केटकेटी)हरू प्यारेण्टसको कुनै परवाह नगरी आफ्नो साथी रोज्न थालेका छन् । धनी–गरिब जातपातको प्रश्नै छैन । यस्ता कुरा त मै मान्दिनँ । दुईजनाको मन मिले बस…काम फत्ते । गधे से दिल लगी तो परी क्या चिज है ?
उहिले सासू देख्दा बुहारीको सातो–पुत्लो उड़्थ्यो । अचेल बुहारी देख्ने बितिकै सासूको सातोपुत्लो उड़न थालेको छ । अचेलका बुहारीहरू एउटै कुरा मात्र जान्दछन्– मी एण्ड माई हबी । जमाना बदल गया है ।
कोठाकी गृहिणी अहिले किचेन क्वीन । सिलोटो–लोहोरोको लण्ठा छैन, मसला–अचार पिँध्ने झमेला छैन, ग्यास चूल्हा जिन्दावाद ! प्रेसर कुकरमा चामल हालेर बसाऊ, सिटी बजेपछि निकाल । समय बचत ।
अर्काको चियोचर्चो गर्ने समय पटक्कै छैन । कसैलाई चित पार्ने इच्छा छैन । कारण सबै बिजी…टु मच बिजी । आफ्नै बारेमा त सोंच्ने फूर्सद छैन थर्ड पर्सनको बारेमा किन सोंच्नु ?
नेबर ? छिमेकी ? देख्ने बितिकै मुस्कुराइ दिन्छौं तर घर कुनै दिन आउनोस् कहिल्यै भन्दैनौं । आयो कि सर्वनाश । अर्काको खोइरो खनाइ सुरु । धरभित्र बाबुहरूसित बस्यो, टिभी हेर-यो, मोबाइलमा लुडू खेल्यो बस् ।
हामी कति भाग्यशाली छौं । यही भाग्यको कारणले हामीले कति के पाएका  छौं । निकट भविष्यमा अझै के के पाउँनेछौं ।  माटामा खुट्टा नराखी उड़ेर हिँड़्ने नेता पाएका छौं । नेताहरूले जतिसुकै गल्ती गरे पनि हामी एडजस्ट वा कम्प्रोमाइज गरिहाल्छौं । हुन पनि यो परिवर्तनशील समयमा यदि एडजस्ट वा कम्प्रोमाइज गर्न सिकेनौं वा जानेनौं भने त्यो दोष हाम्रै हो । यसैले समयको गोर्खे जिपको रफ्तारसित हाम्रो मनको रफ्तार पनि एडजस्ट वा कम्प्रोमिज गर्नैपर्छ । नत्र हाम्रो टाउकाभरि दुर्गति नै दुर्गति छ.! हाम्रो जीवन थाङ्नाजस्तो छ ।
सावधान… ! होसियार….. !
०००
खोलाचन्द फाप्री, सिलगड़ी, भारत
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x