साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलमल देश

फोर फोर पार्टी फोर उस्तै भए कुखुरा चोर होली वाइन् पूजा गर्दै सुनका डल्ला पितल पार्दै । जात्रै जात्रा घोडेजात्रा मान्छे जात्रा पार्टी जात्रा नेता साँढे हान्ने जस्ता दीक्षित गर्ने कस्ता कस्ता ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

हाम्रा नेता कस्ता खाले
पालै पालो झालेमाले
चिन्डो आफ्नै फोर्ने खाले
आफ्नै पार्टी फोर्छन् बाले ।

खिस्सा आए खास्सा खास्सा
ठ्याक्कै ठ्याक्कै गाँस्दा भाँच्दा
टुक्का भन्दै नाच्दै गर्दा
पटकै पिच्छे ठोकिन पर्दा ।

जम्मै बा बा भन्दै कुर्ले
लेऊ बाको भाग्यै जुर्ने
दिन्छन् खै के खोक्ने मात्र
गनमन गनमन भन्ने मात्र ।

मानेँ मानेँ मैले मानेँ
बन्दुक ठोकी यतै तानेँ
हामीलाई यस्तै लाछ
जे जे भन्छौ त्यस्तै भाछ ।

फोर फोर पार्टी फोर
उस्तै भए कुखुरा चोर
होली वाइन् पूजा गर्दै
सुनका डल्ला पितल पार्दै ।

जात्रै जात्रा घोडेजात्रा
मान्छे जात्रा पार्टी जात्रा
नेता साँढे हान्ने जस्ता
दीक्षित गर्ने कस्ता कस्ता ?

०००
भरतपुर- ५, चितवन
हाल – बैजनाथ- १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x