साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकका चार दनक

कामका हिसाबले महत्त्वको फलाम कि सुन होला अँध्यारा बुकुराको सौन्दर्य टुकी होला कि जून होला फेरि पाइँदैन तर किन आत्महत्या गर्दैछन् मान्छेहरू मर्न बाध्य गराउने यो समाज कि काइते कानुन होला ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
पीडक निर्दोष पीडित छ दोषी कस्तो अचम्म
रोपाईँ हिंसाको शान्तिको खोजी कस्तो अचम्म
चाला देखेर सरकारको अचेल यस्तो लाग्ने गर्छ
सर्पको इजलास भ्यागुतो आरोपी कस्तो अचम्म ।

२.
चढाउँदैमा चटकीले चढिदैन ढुक्कै हुनुस्
उठाउँदैमा उचक्काले उठिदैन ढुक्कै हुनुस्
उठ्ने झर्ने हुन्छ मान्छे मात्र आफ्नै कारणले
घटाउँदैमा घटियाले घटिँदैन ढुक्कै हुनुस् ।

३.
जता हेर्‍यो त्यतै बेइमानी र छल वाह मेरो देश
संविधानभन्दा माथि छन् नेता र दल वाह मेरो देश
देखियो तेरो अनुसन्धान अभियोजन पनि देखिएला
कारिन्दा, कसुरदार र मालिक गङ्गाजल वाह मेरो देश ।

४.
कामका हिसाबले महत्त्वको फलाम कि सुन होला
अँध्यारा बुकुराको सौन्दर्य टुकी होला कि जून होला
फेरि पाइँदैन तर किन आत्महत्या गर्दैछन् मान्छेहरू
मर्न बाध्य गराउने यो समाज कि काइते कानुन होला ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x