साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्यो लिसो नै सरी

भक्तपुरका हास्यव्यङ्ग्य तथा बुढ्याैली साहित्यक स्रष्टा रामशरण न्याैपानेलाई  ०८० भदौ ९ गते बागमती बोर्डिङ स्कूल, सुकेधारामा आयोजित ‘फित्कौलीको खित्कौली सभा-२’ अन्तर्गत पुस्तक लोकार्पण तथा सम्मान समारोहमा फित्कौली अनलाइन मिडियाले ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८०’ समर्पण गरेकाे छ  । न्याैपानेलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । प्रस्तुत छ उहाँको एउटा हास्यव्यङ्ग्य कविता :

Nepal Telecom ad

रामशरण न्यौपाने :

काण्डै काण्ड छ माथमाथि सबको देखिन्न चोखो रती
दोषी गर्न करार सक्छ कसले? को दिन्छ खै सम्मति
जे गर्दा पनि आम माफ सजिजै पाइन्छ हो यस्तरी
प्यारो भो तब राजनीति दिलमा लाग्यो लिसो नै सरी ॥१

हत्याका घुसका तथा मनुजका सुक्री र बिक्री जुन
गर्दामा पनि माफ हुन्छ जति नै चोरीनिकासी सुन
भाग्छन् कानुन बिच्किएर सहसा आफैँ नमस्ते गरी
प्यारो भो तब राजनीति दिलमा लाग्यो लिसो नै सरी ॥२

उम्दा स्रोत सकिन्छ देश भरको आफन्त खोजी दिन
पोस्नैपर्दछ स्रोत प्राकृत सयौँ टेवा विदेशी लिन
पैसा मिल्दछ दस्तुरी अकुत त्यो खाता विदेशीभरि
प्यारो भो तब राजनीति दिलमा लाग्यो लिसो नै सरी ॥३

छन् उद्योग ठुला ठुला शहरमा सन्तानका नाममा
सोस्ने हो जनता र देश जसरी धक्का दिदै आममा
पर्दा देश विदेश तर्फ सजिलै जाइन्छ सौदा गरी
प्यारो भो तब राजनीति दिलमा लाग्यो लिसो नै सरी ॥४

बस्नैपर्छ अगस्ति देशभरका चुच्चो मिलाऊँ सब
सत्ताको धनको बराबर गरी हिस्सा दिलाऊँ अब
आफैँ बन्नु छ हो निरो मुलुकको सम्राट नै यस्तरी
प्यारो भो तब राजनीति दिलमा लाग्यो लिसो नै सरी ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x