साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो उठ्न थाल्यो

राजा गयो, राजा जस्तै चरित्र चै रह्यो बाँदरको कुप्रे हातमा नारिवल पो भयो ! कोक, फेन्टा, बर्गरले गिदी चुस्दै फाल्यो खोक्रो टाउको देखी मलाई हाँसो उठ्न थाल्यो !!

Nepal Telecom ad

रोहित दहाल :

भूपी शेरचन चिन्छयौ, नानी ? मैले गरें प्रश्न
उनले भनिन- यी कुरामा पर्नु छैन फँस्न !
पारिजातका कृति नानी, कति पढ्यौ तिम्ले ?
रणवीर कपुर को हो ? सोध्नु भनिन् उन्ले !!

जेठा हिजो भन्ने गर्थे- संस्कृति भो ध्वस्त
विदेश गको छोरोसँग आज भए मस्त !
ह्यापी बर्थ डे भन्दै जेठा, पडकाउँछन् ताली
भन्छन् उनी- केक विनाको जन्मदिनै झेली !!

खेती छोडी किसान बाजे बस्छन् शहरतिर
दुबईबाट पैसा आउँछ, अब छैन पीर !
बाँझो खेत, अन्न छैन विदेशतिर युवा
छोरो भन्छ सबै कुरा किनी खानु बुवा !!

राजा आउ देश बचाउ माइला लाउँछन् नारा
चप्पल लाउने धनी भए देश भाँडे सारा !
उनी भन्छन् राजा जस्ता सम्भ्रान्त पो जाती
लानहुन्न भन्छन् उनी भुइँमान्छेलाई माथि !!

स्मार्ट हुने, मोर्डन हुने साहिंलीको छ रहर
किताबहरू थन्क्याएर मोबाइल बोकी शहर !
आउँछिन् उनी टिकटक लाइभ, बाह्र बजे राति
ज्ञान छैन सीप छैन, समयको भो क्षति !

गाउँमूलीलाई सोधें मैले- किन भ्यु टावर ?
उनी भन्छन्- यै त हो नि, समृद्धि र पावर !
देशनाइकेलाई मैले सोधें- खै त युवा घरमा ?
उनी भन्छन्- क्या मज्जा छ रेमिटेन्सको भरमा !!

राजा गयो, राजा जस्तै चरित्र चै रह्यो
बाँदरको कुप्रे हातमा नारिवल पो भयो !
कोक, फेन्टा, बर्गरले गिदी चुस्दै फाल्यो
खोक्रो टाउको देखी मलाई हाँसो उठ्न थाल्यो !!

०००
विराटनगर, मुनालपथ
हालः दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x