साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंकर भारतीको ‘अनुपम देवता’को अन्तरक्रिया

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा ‘अनुपम देवता’ उपन्यासको बारे चर्चा गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० भदौ ८ । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो सस्करणको ‘अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भयो । पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको हो ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा ‘अनुपम देवता’ उपन्यासको बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा सो उपन्यासबारे समालोचकहरू डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य राख्नु भएको थियो ।

यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गर्नु भएको थियो ।

यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

वि. स. २०१३ सालमा डिल्लीबजार, काठमाडौंमा जन्मिनु भएका भारतीको अर्को जुनी, प्रेम तपस्या, अनुपम देवता, महापुरुषको सन्तान र अग्नि परीक्षा उपन्यासहरू प्रकाशित रहेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x