साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृभूमिबाट प्रा.डा. गुरुङ र डा. चालिसे सम्मानित हुँदै

नेपाली संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत गुरुङलाई नगद २५,००१/ राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको मातृभूमि साहित्य समाजले प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

Nepal Telecom ad

हेटौंडा , मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा व्यक्ति / सङ्घ, संस्थालाई दिँदै आएको “मातृभूमि राष्ट्रिय सम्मान २०८०” यस वर्ष वरिष्ठ संस्कृतिविद्, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.जगमान गुरुङलाई प्रदान गर्ने भएको छ ।

नेपाली संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत गुरुङलाई नगद २५,००१/ राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको मातृभूमि साहित्य समाजले प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङ नेपाली इतिहास एवं संस्कृति क्षेत्रका गहन अध्येता हुन् । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।

त्यसैगरी संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद रु ११,१११/ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान-२०७९ ” “लघुकथालय” का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई समर्पण गर्ने निर्णय गरेको छ ।

डा.विदुर चालिसेले लामो समयदेखि लघुकथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएको छ ।
प्राध्यापनबाट सेवा निवृत्त जीवन बिताइरहनु भएको डा.चालिसेका नेपाली भाषामा प्रकाशित विभिन्न लघुकथा सङ्ग्रह,कविता , भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।

उक्त पुरस्कार असोज ६ गते मातृभूमि साहित्य समाज २५औँ वर्षमा प्रवेश गरेको पुनीत उपलक्ष्यमा हेटौँडाको पल्पसा प्याराडाइजमा एक भव्य कार्यक्रम आयोजना गरेर दुवै पुरस्कार समर्पण गरिने निर्णय भएको कुरा समाजका अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ”महाकाश”को पनि विमोचन गर्ने कार्यक्रम रहेको छ।

संस्था स्थापनाको रजत वर्षमा प्रवेश गरेको पुनीत अवसरमा यो वर्षभरि विविध साहित्यिक कार्यक्रम गरेर रजत जयन्ती वर्ष मनाउने निर्णय गरेको कुरा उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

०००
हेटाैंडाबाट किशन पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x