साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्यशृङ्खला- २७)

शिक्षा या कृषि अर्थ, स्वास्थ्य बहुधा हुन् राष्ट्र थाम्ने मियाे। सारा क्षेत्र अपाङ्ग छन् मुलुकमा सम्भाव्य गुम्दै गयाे।। माग्दै छन् जल वायुले प्रकृतिले आफ्नो पुरानाे धन। शिक्षा हाेस् परिहार्य नैतिक कला भन्दै छ पाकाे मन।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(शिक्षा नीतिकाे चिन्तन )

शिक्षा भाैतिकवादले मुलुकमा आफ्नो जमायाे हक ।।
दीक्षा छन् परतन्त्रका पउँचमा छैनन् यता सार्थक।।
भाषा संस्कृत सभ्य नैतिक कला लुक्दै हरायो कता।
शिक्षा नीति सुधार गर्न नसके फर्किन्न सम्भाव्यता।।१४०।।

नाना धर्म र जात संस्कृति विधा प्राचीनका सभ्यता।
नेलाली जल वायुमा प्रकृतिमा मिल्ने कला सम्पदा।।
छैनन् आज यता गए पर कता अध्यात्मका अङ्कुर।
सरा वेद पुराण वैदिक बुटी झन् झन् भए भङ्गुर।।१४१।।

खै अर्गानिक खाद्य स्वास्थ हितका गर्दै छ काे सञ्चित।
जे खायाे मतियार राेगसितका खाद्यान्न छन् दूषित।।
हाम्रा दीर्घ परम्परा कृषकका आस्था हराए पर।
छन् औजार ,विदेशका विविधता खेती उसैका भर।।१४२।।

आए ट्याक्टर गाेरु पाल्छ कसले छाैँ मख्ख हामी सब।
हाे व्यापार विदेशकाे हितकरी बढ्दाे छ झन् झन् अब।।
हाम्रो याे कृषिमा समुन्नत धरा भन्ने गरेको थियो।
अर्कैले कृषिपद्धति मुलुककाे कब्जा लिने देखियो।।१०४३।।

शिक्षा या कृषि अर्थ, स्वास्थ्य बहुधा हुन् राष्ट्र थाम्ने मियाे।
सारा क्षेत्र अपाङ्ग छन् मुलुकमा सम्भाव्य गुम्दै गयाे।।
माग्दै छन् जल वायुले प्रकृतिले आफ्नो पुरानाे धन।
शिक्षा हाेस् परिहार्य नैतिक कला भन्दै छ पाकाे मन।।१०४४।।

(क्रमशः)

०००
२०८०/४/१८,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x