साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसिनाको साम्राज्यमा

घुर्र घुर्र गरिरहेका परेवालाई झम्टा मार्दै लछार्दै पछार्दै प्रेममय गुणको रूप बिगार्दै क्रोधी उसका नङ्ग्रा दाँत रातो रगत पसिनाको साम्राज्यमा ।

Nepal Telecom ad

भीम गौतम :

बाँकी रहेन कहीँ कतै
उसको ठगी पाखण्डी
राक्षसी दाँतले चिलेको,
निष्ठा मरेको,
प्रतिष्ठा हराएको,
उसको लुब्ध भावले
उपल्लो क्षितिजमा पनि
यहीँबाट ठग्ने, लुट्ने
र
चियो-चर्चोको योजना बनाउँछ ।

कुहिएको हस्को आइरहेको आवाज
वातावरण बिगारी रहन्छ,
चोरीका छिद्र खोजिरहन्छ ।
गिद्धका तेजी नजरले
माथिबाटै सिनो देखे झैं
जब मौकाको चौका देख्छ
उसको मुखभरि विष भरिन्छ ।

गोमन र मलसाँप्रो बनि
निर्दोष मौरीको घार डस्न पुग्छ ।
आत्मीय प्रेममा रमाएर
घुर्र घुर्र गरिरहेका परेवालाई
झम्टा मार्दै
लछार्दै पछार्दै
प्रेममय गुणको रूप बिगार्दै
क्रोधी उसका नङ्ग्रा दाँत
रातो रगत पसिनाको साम्राज्यमा ।

०००
भरतपुर, चितवन ।
२०७६/०३/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x