साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म युवा हुन सकिनँ

खबरदारीको प्लेकार्ड बोक्दै देशभक्त सिपाही हुन, लुटिएका इज्जत र हेपिएका स्वाभिमान खोस्न कलमको निशानी डोबमा चहकिलो मसी भर्दै युवाशक्ति जुटाउन सकिनँ ।

Nepal Telecom ad

रेहित सैजु :

हो,
म युवा हुन सकिनँ
म युवा हुन पाइनँ
मसँग जोश, जाँगर, आँट, साहस,
लगनशीलता, धैर्यता
सबै सबै थिए
र पनि मैले आफूलाई
युवा बनाउन सकिनँ,
मेरो कलम थुतियो
मेरो मुख थुनियो
मेरो विचार
मेरो गन्तव्य सबै सबै रोकियो
किनकि म एक्लो थिएँ
र सत्यको पक्षमा थिएँ ।

मेरै अगाडि
मेरी बलात्कृत बहिनीको बलात्कारी
छाती फुलाएर उन्मत्त हाँसिरहेका छन्,
नेतृत्व गर्छु भनेर होमिएका नेतृत्वकारीहरू
दुष्ट गोमनसँग साइनो गाँसिरहेका छन्,
‘जो अगुवा उही हगुवा’ भने जस्तै भएको छ यहाँ
विभिन्न केके जाति विदहरूले
आफ्नो जिम्मेवारी आफै मासिरहेका छन्,
यी सबै देख्दा देख्दै पनि
मैले विद्रोह गर्न सकिनँ ।
नरपिचासका काला हवेलीहरू
आफ्नो शक्तिले ढलाउन सकिनँ ।
त्यसैले विलम्ब भोगिरहेछु
अपार साथ बटुल्दै
न्यायको दस्तावेज पल्टाउँदै
उदीयमान बिहानीसँग
युवा नेतृत्वको साइनो गाँस्दै
असमान विभेदको पर्खाल ढलाउन
सत्य सभ्यताको झण्डा फहराउने
मेरो अन्तर भावको जोशलाई
नवयुवाको परिचय भर्दै
आफ्नो परिचय दिन सकिनँ ।
त्यसैले म युवा हुन सकिनँ ।

नृशंस सिकारीबिरुद्ध
खबरदारीको प्लेकार्ड बोक्दै
देशभक्त सिपाही हुन,
लुटिएका इज्जत र हेपिएका स्वाभिमान खोस्न
कलमको निशानी डोबमा
चहकिलो मसी भर्दै
युवाशक्ति जुटाउन सकिनँ ।
केवल लाचार बनें, विवश भएँ
फलस्वरूप म युवा हुन सकिनँ ।
हो, म युवा हुन सकिनँ ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x