साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क

किन्छ कुकुर व्यक्तित्व विज्ञापनको फारम भर्छ कुकुर पाल्न नसक्ने हीन जाति दुनियाँ यसकै पक्षपाति गाई पाल्ने हरामखोर यस्तै यहाँको चल्ती स्वोर थुइक्क ! कुकुर पाल्नु पर्ने रहेछ !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

थुइक्क !
कुकुर पाल्नुपर्ने रहेछ
गाई पालेर इज्जत गो
डोर्‍याएर सडकमा दिसा गराउँनु हुन्थ्यो
भकारो सोहोर्नलाई हैरान भो ।

कुकुर पाल्नुको सान बेग्लै
अतिथि आउँदा घ्वाङ्ग भुकिदिने
घरमा कुकुर हुनुको मान बेग्लै
पाउमा लुटुपुटु भएर झुकिदिने
भान्सामा काखमा राखेर सँगै खान हुने
गाडीमा बसाएर सँगै लान हुने
वा !! क्या गज्जब !
थुइक्क !
कुकुर पाल्नु पर्ने रहेछ !

गाई पाल्नेलाई कसैले हेर्दैन
दुध किनीदिनोस्न भन्दा पनि टेर्दैन
गोठमा गाई बाँधें भन्छु
गाईले पो आफैंलाई बाँध्दो रैछ
दुध किन्ने संस्था डेरी (टेडी ?) रैछ
त्यसैले होला
पैसा माग्न जाँदा आँखा पल्टाएर हेर्छ
जुन दिनदेखि मैले गाई पालेँ
यस्तो लाग्छ मैले इज्जत फालेँ
थुइक्क !
कुकुर पाल्नुपर्ने रहेछ !

मन्त्रीदेखि हाकिमसम्म
चढेका छन् गाडी सडकमा टम्म
काखमा राख्छन् कुकुर एउटा
उनै मालिक उनै छन् देउता
नव धनाढ्य सिको गर्छ
किन्छ कुकुर व्यक्तित्व विज्ञापनको फारम भर्छ
कुकुर पाल्न नसक्ने हीन जाति
दुनियाँ यसकै पक्षपाति
गाई पाल्ने हरामखोर
यस्तै यहाँको चल्ती स्वोर
थुइक्क ! कुकुर पाल्नु पर्ने रहेछ !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x