साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसिनाको साम्राज्यमा

घुर्र घुर्र गरिरहेका परेवालाई झम्टा मार्दै लछार्दै पछार्दै प्रेममय गुणको रूप बिगार्दै क्रोधी उसका नङ्ग्रा, दाँत रातो रगत पसिनाको साम्राज्यमा ।

Nepal Telecom ad

भीम गौतम :

बाँकी रहेन कहीं कतै
उसको ठगी पाखण्डी
राक्षसी दाँतले चिलेको,
निष्ठा मरेको,
प्रतिष्ठा हराएको,
उसको लुब्ध भावले
उपल्लो क्षितिजमा पनि
यहींबाट ठग्ने, लुट्ने र
चियोचर्चोको योजना बनाउँछ ।

कुहिएको हस्को आइरहेको आवाज
वातावरण बिगारी रहन्छ,
चोरीका छिद्रहरू खोजिरहन्छ ।
गिद्धका तेजी नजरले
माथिबाटै सिनो देखेझैँ
जब मौकाको चौका देख्छ
उसको मुखभरि विषको र्‍याल भरिन्छ ।

गोमन र मलसाँप्रो बनी
निर्दोष मौरीको घार डस्न पुग्छ ।
आत्मीय प्रेममा रमाएर
घुर्र घुर्र गरिरहेका परेवालाई
झम्टा मार्दै
लछार्दै पछार्दै
प्रेममय गुणको रूप बिगार्दै
क्रोधी उसका नङ्ग्रा, दाँत
रातो रगत
पसिनाको साम्राज्यमा ।

०००
भरतपुर, चितवन ।
२०७६/०३/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x