साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशका लागि पिउनुपर्छ

देशलाई माया गर्नु हुन्छ भने मात्तिउञ्जेल दारु पिउनुस् तेल लगाउनुस् जेल लगाउनुस् तपाईं आफ्नो केशका लागि यति याद गर्नुस् तर आज टन्न पिउनु पर्छ देशका लागि नफलाक्नुस् हानी गर्छ ।

Nepal Telecom ad

रामदेव पाण्डे :

देशका लागि मर्नु पर्छ
देशकै लागि जिउनु पर्छ
तपाईं मान्नुस् नमान्नुस्
देशका लागि पिउनुपर्छ
पानी पिउनुस् दुध पिउनुस्
देशका लागि कहाँ हो र ?
स्वास्थ्यको त हित होला
देशका लागि कहाँ हो र ?
दुधका लागि अनुदान
पानीमा पनि अनुदान
हेर्नुस् त हाम्रो देशलाई
कत्रो नोक्सानै नोक्सान !
देशलाई प्रेम गर्ने भए
दारु पिउनुस् चुरोट पिउनुस्
हमेशा पिउनुस् रोज पिउनुस्
सरकारलाई राजस्व उठ्छ
देश विकासको मूल फुट्छ
बालै मतलब सरकारलाई
धेरै जिउनुस्, थोरै जिउनुस्
देशलाई माया गर्नु हुन्छ भने
मात्तिउञ्जेल दारु पिउनुस्
तेल लगाउनुस् जेल लगाउनुस्
तपाईं आफ्नो केशका लागि
यति याद गर्नुस् तर आज
टन्न पिउनु पर्छ देशका लागि
नफलाक्नुस् हानी गर्छ
सुर्ती चुरोट र मदिराले
पिउनैपर्छ सकेजति
देशभक्त छोरी र छोराले
देशका लागि मर्नु पर्छ
देशकै लागि जिउनु पर्छ
तपाईं मान्नुस् नमान्नुस्
देशका लागि पिउनुपर्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x