साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी पक्ड्यो लाउकेले !!

चामल, तेल, नुन कठै दक्षिणकै भरमा ! खेतालाका तरकारी सड्यो खेत घरमा !! दशगजा मिची ल्यायो दक्षिणको ठालुले ! स्वदेशीले किच्च गर्यो पाउ टेक्यो तालुले !!

Nepal Telecom ad

रोहित दहाल :

लिपुलेकमा पाइला टेक्यो
दक्षिणको टाउकेले !
चुच्चे नक्सा फास्स फुस्स
कुर्सी पक्ड्यो लाउकेले !!

हिन्दू माहौल कैलाश दर्शन
दक्षिणको हुङ्कार !
स्वदेशीको चक्षु बन्द
लत्रिएछ फुङ्कार !!

चिनियाँले चुच्चे नक्सा
पारिदियो गायब !
दक्षिणलाई क्रुद्ध पार्न
कसले बोक्ने अयब ?

सगरमाथा आफ्नो पार्ने
दक्षिणको रहर !
अल्पमतमा होइएला कि
त्रास हरेक प्रहर !!

चामल, तेल, नुन कठै
दक्षिणकै भरमा !
खेतालाका तरकारी
सड्यो खेत घरमा !!

दशगजा मिची ल्यायो
दक्षिणको ठालुले !
स्वदेशीले किच्च गर्यो
पाउ टेक्यो तालुले !!

पानीमाथि आँखा गाड्यो
दक्षिणको टाउकेले !
राष्ट्रियता छयाल्लब्याल्ल
कुर्सी पक्ड्यो लाउकेले !!

०००
विराटनगर, मुनालपथ
हालः दुवाकोट, भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x