साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाआमा

पैसा गेह भएर मात्र सँगमा, होइन्न आनन्दित । बा आमा खुब खोज्दछन् निकटता, छोरा बुहारीसित ॥ लाग्छन् सन्तति भ्रष्ट चाल पथमा, जाग्यो भने दुर्गुण । आफ्नै सन्तति उग्र छन् यदि भने, को गर्छ संरक्षण ॥

Nepal Telecom ad

के.पी.पौडेल :

आमा बा घरका भला हृदयका, हुन् सृष्टिका कारक ।
हाम्रा सन्तति आजका सुत सुता, ठान्छन् खुबै बाधक ॥
सारा सन्तति मक्ख छन् अवनिमा, माता पिता कारण ।
वृद्धा वृद्ध पिता र मातृ जनका, को गर्छ संरक्षण ॥-१

बा आमा शुभ दृष्टि हुन् जननका, संसार देखाउँछन् ।
तिर्खा भोक खपेर आहत सही, सन्तान हुर्काउँछन् ॥
पोख्छन् मातृ पिता दया जननमा, माया छ त्यो कारण ।
पाका मानिस बा मुमा हजुरका, को गर्छ संरक्षण ॥-२

उर्जा छैन शरीर जीणर् छ खुबै, गल्दै गए पाखुरा ।
बारी खेत उजाड जर्जर भए, उब्जिन्छ के आँकुरा ?॥
पुत्री पुत्र विदेश छन् नयनमा, बर्स्यो झरी श्रावण ।
पाका वृद्ध पिता र मातृ जनका, को गर्छ संरक्षण ॥-३

आफ्ना सोच र चाहना रहरमा, सन्तान छन् स्वार्थमा ।
कैयौँ याम बिते पिता जननिका, सन्तानका ख्यालमा ॥
पुत्री पुत्र वधू सबै जननमा, चाहिन्छ सच्चा गुण ।
आफ्नै सन्तति भ्रष्ट छन् यदि भने, को गर्छ संरक्षण ॥-४

पैसा गेह भएर मात्र सँगमा, होइन्न आनन्दित ।
बा आमा खुब खोज्दछन् निकटता, छोरा बुहारीसित ॥
लाग्छन् सन्तति भ्रष्ट चाल पथमा, जाग्यो भने दुर्गुण ।
आफ्नै सन्तति उग्र छन् यदि भने, को गर्छ संरक्षण ॥-५

उम्दा ती सपना थिए मगजमा, सन्तान जन्माउँदा ।
बा आमा जन जीणर्का सरि भए, सन्तान हुर्काउँदा ॥
सारा सन्तति दीर्घ बाँच्दछु भनी, लिन्छन् मिठा पोषण ।
पाका मातृ पिता अशक्त जनका, को गर्छ संरक्षण ॥-६

०००
बट्टार,नुवाकोट ।
हालः- बालाजु ,काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x