साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मण नेवटियाकाे व्यङ्ग्य कविता कृति ‘व्यङ्यधाम’ विमोचन

प्रमुख अतिथि प्रसिद्ध सिनेजगतकी नायिका मनिषा कोइराला, प्रा.विद्यानाथ उपाध्याय भट्ट, डा.विष्णु विभू घिमिरे, आयोजक संस्थाका संरक्षक वसन्त चौधरी, अध्यक्ष मेघा चौधरी, सङ्गीत शोधकर्ता झुमा लिम्बूले संयुक्त रूपमा विमोचन गर्नु भएको हाे ।

Nepal Telecom ad

काठमाडौं,मा आयोजित भव्य समारोहमा विराटनगर निवासी हास्यव्यङ्ग्यकार लक्ष्मण नेवटियाकाे व्यङ्ग्य कविता कृति लाेकार्पण भएकाे छ ।

१८२ वटा व्यङ्‌ग्य कविताहरू सङ्कलित २८० पेजको याे कृति मञ्जरी प्रकाशनले प्रकाशित गरेको हाे ।

श्री लुनकरणदास- गंगादेवी चौधरी साहित्य कला मन्दिर द्वारा आफ्नो ३० औं वार्षिकोत्सब को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध सिनेजगतकी नायिका मनिषा कोइराला, प्रा.विद्यानाथ उपाध्याय भट्ट, डा.विष्णु विभू घिमिरे, आयोजक संस्थाका संरक्षक वसन्त चौधरी, अध्यक्ष मेघा चौधरी, सङ्गीत शोधकर्ता झुमा लिम्बूले संयुक्त रूपमा विमोचन गर्नु भएको हाे ।

कृतिको कभर पेज प्रसिद्ध कार्टुनिस्ट अविन श्रेष्ठले बनाउनु भएकाे उक्त पुस्तकमा व्यङ्ग्य क्षेत्रका हस्तीहरू रामकुमार पाण्डे, चट्याङ मास्टर, मनोज गजुरेल, लक्ष्मण गाम्नांगे, डा.विष्णु विभू घिमिरेको समीक्षात्मक भूमिका समावेश रहेको छ।

नेपाली, हिन्दी, मारवाडी भाषामा पाँच दशकदेखि साहित्यमा योगदानकाे कदर स्वरूप नेवटियालाइ श्री लुनकरणदास- गंगादेवी चौधरी साहित्य कला मन्दिरबाट “सरस्वती सम्मान” प्रदान गरिएको छ।

सो सम्मानका साथै १,५१,०००/- नगद पुरस्कार पनि प्रदान गरिएको हाे । सम्मारोहमा डा.विष्णु विभू घिमिरेलाई पनि साहित्य कला मन्दिरले ” सरस्वती सम्मान” र १,५१,०००/- नगद पुरस्कार प्रदान गरेको छ।

कृतिका स्रष्टा नेवटियाले अफ्ना सम्पूर्ण शुभेच्छुकजन र साहित्य कला मन्दिर परिवारप्रति हार्दिक आभार प्रकट गर्नु भएकाे छ ।

हास्यव्यङ्ग्य स्रष्टा लामाे समयदेखि नेवटियाका चाेटिला व्यङ्ग्य रचना फित्काैली डटकममा प्रकाशित हुँदै अाएका छन् । हास्यव्यङ्ग्य कृतिकाे प्रकाशन एवम् ” सरस्वती सम्मान” प्राप्त गर्नु भएकामा नेवटियालाइ फित्काैली डटकम हार्दिक बधाइ ज्ञापन गदर्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x