सुलसुलेपूर्वका माेती चूडामणि रेग्मी अभिनन्दित
कार्यक्रमकै बिच झापानिवारी भाषासेवी चूडामणि रेग्मीलाई अभिनन्दन समेत गरिएको थियो । साहित्यकार रेग्मीलाई भद्रपुर नगरप्रमुख पोखरेलले अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

झापा, ०८० कार्तिक २ । भद्रपुर नगरपालिका अन्तर्गत यसै साल गठन गरिएको भद्रपुर कला साहित्य तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा एक दिवसीय बृहत कविता गोष्ठीसम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको सभापतित्व तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको गोष्ठीमा कोशी प्रदेशका अग्रज कविहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा भद्रपुर नगरपालिकाभित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिस्पर्धात्मक कविता वाचन गरेका थिए जसमा प्रिया सिङ, अर्जुन राजबङ्शी , काजल चौधरी प्रथम द्वितीय तृतीय भएका थिए भने मोनालिसा नेपाल र निकास तिम्सिनालाई सान्त्वना पुरस्कार प्राप्त भएको थियो।
तीदेखि बाहेक झापा र जिल्ला बाहिरका दुई दर्जन बढी कविहरू विवश पोखरेल, मधु पोखरेल, रामप्रसाद खरेल, टिका आत्रेय, दयानन्द गोस्वामी, बिन्दु दहाल, मूकदर्शक, लिला अनमोल, बिराट किराँती बिवस, विवश बलिभद्र कोइराला ,टिका भट्टराई, केशव आचार्य, दिलिप घिमिरे, अभागी थेगुवा, मुनाराज शेर्मा, सुमित्रा बाङ्गदेल चेली, आरती पोखरेल, विरही अधिकारी, गीता सुवेदी, हरि न्यौपाने, राजेन्द्र कास्यप, जयन्ती मानी, उमाकान्त पोखरेल आदिले मन छुने कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै बिच झापानिवारी भाषासेवी चूडामणि रेग्मीलाई अभिनन्दन समेत गरिएको थियो । साहित्यकार रेग्मीलाई भद्रपुर नगरप्रमुख पोखरेलले अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
जिल्ला समन्वय समिति झापाको सभाहलमा सम्पन्न कवि गोष्ठीमा प्रतिष्ठानकी कोषाध्यक्ष लता खरेलले स्वागत मन्तव्य गर्नु भएको थियो भने डाक्टर कुमार पौडेल, नीरज पोखरेल र पवित्रा ओलीले स्वागत गीत प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्रा खुसी र सचिव डिल्लीरमण नेपालको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































