साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी

आफ्नो पार्टी सत्तामा भएको बेलामा देश झलमल्ल भएको छ भन्नुपर्ने रहेछ आफ्नो पार्टी सत्तामा नभएको बेलामा देश अन्धकार भएको छ भन्नुपर्ने रहेछ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

पार्टी भनेको आखिरमा
भजनमण्डली रहेछ ।

नेताले बिरालोलाई बाघ भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ
नेताले बाघलाई बिरालो भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ ।

नेताले काँडालाई फूल भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ
नेताले फूललाई काँडा भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ ।

नेताले कालोलाई सेतो भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ
नेताले सेतोलाई कालो भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ ।

नेताले आचीलाई हलुवा भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ
नेताले हलुवालाई आची भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ ।

नेताले चोरलाई सज्जन भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ
नेताले सज्जनलाई चोर भने पनि
हो भनेर ताली बजाउनुपर्ने रहेछ ।

आफ्नो पार्टी सत्तामा भएको बेलामा
देश झलमल्ल भएको छ भन्नुपर्ने रहेछ
आफ्नो पार्टी सत्तामा नभएको बेलामा
देश अन्धकार भएको छ भन्नुपर्ने रहेछ ।

०००
२०८० असोज ३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x