साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिर्कटो महिमा

खोस्टो कागजको बनाउन यहाँ वार्ता भयो जोडले च्याते झ्वार्र कुरा बुझाउन कतै चुक्तो भयौँ होडले मान्छे हाैँ तर धुर्त हिंस्रक सरी बन्छौ विपक्षी तिर काट्यो कागज त्यो मुसा सरह नै जान्छौँ बिराला निर ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

लेख्यौँ चिर्कट कागजी मनभरी बोकेर भारी ठुलो
हान्यौँ बाण सरी तिखो कलमले आफैँ भयौँ हो धुलो
आफ्नो स्वार्थ रहेछ साततिर नै बुझ्दै गरेका सबै
लाटो छैन समाज देश अहिले च्यातेर चिर्कट् सबै ।

पीडा खप्न सकिन्न रात दिन नै हेप्ने बडो मस्तले
आफ्नै साथ रहेर माथ गहिरो खाने सधैँ सुस्तले
ओछ्यानी इतिहास बिर्सन गयौँ रानी बनेकी थियौँ
सारा जीवनमा अघोर पनको बाटो कसोरी लियौँ ।

मान्छेको घर श्रीमती सहजकी पीडा पखाल्ने हुनू
बुझ्दै जानु सबै समाज बिचमा धोई पखाली छुनू
पोई छैन भने कतै घरतिरै मर्जी छ आफ्नै पुरा
रातारात विनास हुन्छ घरको गर्छन् नराम्रा कुरा ।

कालो भो मनभित्र स्वच्छ मन नै रित्तो भए काममा
आप्mनो नै रहँदैन नाम यसमा बिक्री हुने दाममा
चिर्कट् कागजको थियो मनधुने स्वाहा भयो साथमा
आफ्नै पक्ष थिए बिचार फरकमा नाङ्गो हुँदै बातमा ।

खोस्टो कागजको बनाउन यहाँ वार्ता भयो जोडले
च्याते झ्वार्र कुरा बुझाउन कतै चुक्तो भयौँ होडले
मान्छे हाैँ तर धुर्त हिंस्रक सरी बन्छौ विपक्षी तिर
काट्यो कागज त्यो मुसा सरह नै जान्छौँ बिराला निर ।

हाम्रो तागत शक्ति देश भरिको ढिक्का छ एकै सरी
बाटो मात्र भयो चिरा फरक जो दम्भै ठुलो भो घरी
साथी भित्र अनेक बात छ यहाँ सुन्दैछु धेरै कुरा
चिर्कट् कागजको हराउन गयो घातै हुने भो पुरा ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x