साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँको रन्को

दुई चार जनालाई फोन गर्दा उठेन खै रामकृष्णे उता भेटेँ सापटी नै दिएन खै त्यसैले यो खसी ल्याएँ मोटर्‌बाइक त्यो दिएँ घिसार्दै यो खसी ल्याएँ त्यसैले रातिमा पुगेँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जताततै बढेको छ दसैँ रन्को तरङ्गिँदै
खाने र लाउने मात्रै झुन्डिएको यहाँ सधैँ।
भित्री आँत जसो जे होस् ढाँचा ढर्रा बढाउनु
लागेमा ऋण नै लागोस् अलि फुर्ती बढाउनु ।

टाढाका छुट्टीमा आए जागिरे घरमा फिरे
त्यसैले पनि हो हल्ला छिमेकी बासमा अरे ।
गाडीमा खानका वस्तु झार्दै हेर्दो छ माहिलो
घोर्ले खसी लिई पुग्ने कान्छो लाहुरतर्फको ।

वल्ला पल्ला घरे धेरै फूर्ती गर्ने भए पछि
यो छिमेकी छ जागेको दसैँ भित्र घुसे पछि ।
निस्तो भात चबाएर बसेको घरमा थिएँ
चिची पापा भनी रुन्छन् यी केटाकेटी ब्युँझिएँ ।

छिमेकीसँगमा पैसा ऋण काढेर ब्याजमा
दुई चार किलो प्याज किनेँ आज बिहानमा ।
त्यो टमाटर बिर्सेर फेरि बजार धाउँदा
हैरानी खुब बेहोरेँ बुद्धि बिर्को लगाउँदा ।

हौस्याए घरमा मासु खानुपर्छ खसी भनी
लौ लौ भन्दै म स्कुटी चलाएँ र गएँ अनि ।
एक खसी यसो हेर्दा राम्रो लरक्कको थियो
समाएँ म यहीँ लान्छु के कति पर्छ भन्नु हो ।

साठी हजार छाडेन पैसा कम्ती भयो जहाँ
भो लैजान्न भनी भन्दा हप्की दप्की भयो त्यहाँ ।
अघि बेची म सक्ने थेँ मेरा गाहक भड्किए
लैजानै पर्छ लैजाऊ भन्दै साहु ती कड्किए ।

दुई चार जनालाई फोन गर्दा उठेन खै
रामकृष्णे उता भेटेँ सापटी नै दिएन खै
त्यसैले यो खसी ल्याएँ मोटर्‌बाइक त्यो दिएँ
घिसार्दै यो खसी ल्याएँ त्यसैले रातिमा पुगेँ ।

०००
भरतपुर ५, चितवन

इलस्ट्रेसन : अनुप गुरूङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x