साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलाइन टीका…(१)

साँच्चै तिम्रो नाक नभएको भए ता तिमी पक्कै चिनीयाँकै देवता नै हुन्थ्यौ । (प्रसङ्ग बदलिँदै) यसरी गफ मात्रै गर्ने कि टीकाको मेलोमेसो पनि गर्ने ? खै मकरध्वज कहाँ लागेछ ? लु बुहारी बोलाऊ ता त्यसलाई ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू- मणिध्वज (आशाका पति), आशा (मणिध्वजकी पत्नी), गरुड़ध्वज (विदेशमा बस्ने जेठो छोरो), मकरध्वज (कान्छो छोरो), निहारिका (कान्छी बुहारी तथा मकरध्वजकी पत्नी), सागरिका (विदेशमा बस्ने जेठी बुहारी तथा गरुड़ध्वजकी पत्नी) ।

(दृश्य विवरण- दशैँको छेक । पारी गाउँ (नेपथ्य)मा मनै दुःखाउने मालश्री गीतको धुन आइरहेछ । गाउँमा हल्ला खल्ला छ । डाइस खेल्नेहरूको भीड़ । गाउँमा हुद्दा हुद्दा बनाएर डाइस धूमघामले खेलिरहेछन्… कोही लिङ्गेपिङमा कहालिँदै चिच्याउँदै मच्चिएका आवाजहरू । बेला-बखत माथि, तल पटेका पड़्केको आवाज सुनिन्छ ।

मणिध्वजको बैठक कोठा । टीकाको तयारीमा छ सबै । घरकी आमा आशाले टीकाको सामग्री सबै ठामठिम पारेर साइड टेबलमा राखेकी छन् । घरका मुखिया अर्थात् आशाकी पति मकरध्वज नयाँ लुगामा सजिएर बैठक कोठामा आइपुग्छ । श्रीमती आशालाई पुरानै लुगा दखेर झोंक्किन्छ ।)

मणिध्वज- (झोँक्किँदै) हन…तिमी पगली ता भइनौ आशा ?
आशा- (छक्क पर्दै) लौ म चाइँ किन पगली हुनु हौ । यो मान्छेले बिनाबिच्चामा के के भन्छ के भन्छ हौ ।
मणिध्वज- अहिले टीकाको साइत जान्छ । एघार बजीभित्रमा सक्नु भनेर रेडियोले भनेको भनेकै छ । हन तिमी तयार हुन्नौ ?
आशा- मलाई के तयार हुनुपर्छ ? म ठिकै छु ता ।
मणिध्वज- ओहो आशा…नपार न निराशा कम्तिको पनि आज टीकाको दिनमा । अस्ति डीए पाएर किनिदिएको टप्स् र प्लाजो लगाऊ न ।
आशा- हन तपाईलाई पगला कुकुरले टोक्यो कि नेताको भाषणले मक्ख पाऱ्यो हँ ? चाड़बाड़मा त्यस्तो लाउने हो ? बुहारीले के भन्लिन् ?

मणिध्वज- लु न ता जे लाउनु मन लाग्छ लगाऊ…तर लगाउनु चैं लगाऊ । यतिञ्जेल तिमीले के गरिरह्यौ हौ ?
आशा- के गरेँ देख्नुभएन हजूरले ? यत्रो ठूलो घर, त्यत्रो लामो बरण्डा पुछ्नु, गोबर लिप्नु तल..माल्दाइको घरबाट दुना गाँस्नलाई पात लिएर आएँ । दुना टपरी उनेँ । बिहानै भात, मासु, मासु पनि एउटा हो र अनि …चिकेन, पर्क, बिफ, आलुको अचार । यो दसैंमा हामीलाई नै किसिम खानुपर्दोरहेछ । यत्रो आइटम बनाउनु टाइम लाग्दैन ? हजूरले मलाई ता बसिरह्यो भनि ठान्न्हुन्छ होला हई ?
मणिध्वज- लाटी ? बुहारीलाई भन्न सकिनौ ? एक्लै काम गर्नु कसले भन्यो तिमीलाई ?
आशा- (लेघ्रो तान्दै) अम्मुई बुहारीलाई भन्नु ? मैले भन्नुपर्छ र ? हन चाड़बाड़मा ता सखारै उठेर घरको कामधन्दामा सघाउनु पर्दैन ?
मणिध्वज-भन्नु पो पर्छ ता ।

आशा- भनी भनी ता सरी फर द लिभर ड्यामेज ल । बुहारी ढाढ़मा घाम आइञ्जेल पनि उठदिन ।
मणिध्वज- यो हिजो नै दुना टपरी सिउँनु लाउनुपर्ने ।
आशा- अम्मुई तपाईकी बुहारीले दुना टपरी सिउँछे पनि होला । अन लाइनमा पाए ता अनलाइनमै मगाउँथिन् होला ।
मणिध्वाज- अँ…सबै अनलाइन मगाउँदा मगाउँदा हामी अफलाइन भाको थाहा छ के ? तिमीले फकाउँदै भन्नुपर्छ नि बुहारी दुना सिउनुपर्छ है ।
आशा- हिजै राती भनेकी… नङ् भाँचिन्छ अरे । नङ्ग्रा देख्नुभएन भालाजस्तो । पलेँटी कसेर बस्नु सक्दिनन् अरे ।
मणिध्वज- किन…
आशा- देख्नुभएन भुँड़ी पाँच सय लिटरको सिण्टेक्सजस्तो । एकपल्ट बसेपछि उठ्नुपऱ्यो भने चार हात-पाउ टेकेर चिड़ियाखानाको भालूजस्तो देखिन्छ अन्त ।

मणिध्वज- बुहारीको भुँड़ी मैले चै के भनेर हेर्नु हौ…लाजैमर्दो कुरा । (प्रसङ्ग बदलेर) मोबाइल खेलाउँदा ता नङ् भाँच्दैन अरे ।
आशा- कानका दुवै दुलोमा के ठेँड़ी हालेकी. देख्नुभएन अनि । डाकटरले झुण्ड्याउने स्टेथोस्कोपजस्तो ।
मणिध्वज- स्टेथोस्कोप होइन हौ जनै भन न जनै बात मार्ने जनै । ड्राइभरले लाउने सिटबेल्ट पनि जनै नै हो नि । बाहुन बाजेको जनै भित्र हुन्छ यिनीहरूको छातीमा । हेडफोन पनि भन्छ ।
आशा- दुवै कानमा ठेँड़ी घुसारी जनै भिरेर हिँड़्छ र ता बात मारेको धुनमा पछिल्तिरबाट गाड़ी, ट्रेनले टोकेको थाहै हुँदैन ।
मणिध्वज- यो चै तिमीले ठिकै भन्यौ । तिमीलाई पनि ल्याइदिउँ जनै ?
आशा- पर्दैन..पर्दैन । जनै लाएर बात मार्ने हुँदा प्रेसर कुकुरको बिँड़मा अल्झेर झण्डै प्रेसर कुकर ग्यासचूल्हाबाट झरेको । (नेप्थ्यतिर हेर्दै) बुहारी…ए निहारिका बुहारी….
निहारिका- (नेपथ्यबाट) हजूर मम्…एकक्षण मम् वासरुम गैहाल्छु ।
मणिध्वज- हन अहिसलेसम्म पनि वासरुम नगई छे । अचेलका बुहारीलाई कसले सक्ने ? पुरानो अनलोड हुने बेला नै भएको छैन होला अनि ।

निहारिका- भर्खर ता मसला खाको । बिहानै मुखमा क्वाप्पै मसला हालेन भने ता ट्राफिक जाम भएर अलसतलस हुन्छ अन्त ।
आशा- हामीलाई ता त्यस्तो केही कुनै मसला मुखमा नहाली भुकभुकै उज्यालोमै डाउनलोड हुन्छ ता ।
मणिध्वज- तिम्रो ओल्ड मोडलको भुँड़ी र मोडणर् भुँड़ी कहाँ मिल्छ ता हौ आशा । तिम्रो मेरो भुड़ी भनेको अब ब्याकडेटेड भइसक्यो । भुँड़ीको पुरानो मसिनले काम गर्न छोड़िसकेको छ । अहिलेको भुँड़ीहरूका पार्टसमा आईएसआई मार्का लागेको छ ।
आशा- (सामान्य चड़्किँदै) ल..ल…तपाई चैं बुहारीकै नाक थाप्नोस् । कतै नभएका ससुरा-बुहारी ।
मकरध्वज- (लज्जालु भावमा) आम्बो बाबा पनि……..
आशा- (कुरा काट्दै) के फरक छ के फरक छ ?
मणिध्वज- खै अब के भनुँ ? ढुङ्गा टिपी के हानुँ ?
निहारिका- (जिज्ञासु भावमा, लाड़े पल्टिँदै) भन्नु न ड्याड । प्लिज भन्नु न….

आशा- (छड़्के हान्दै) लु भन्नु भन्नु । कसैलाई प्याच—प्याच् भन्नुमा ता हजूर छिटो हुनुहुन्छ नि । सुन्यौ बुहारी…यहाँका नेताको मुख र तिम्रा ससुरा महोदयको मुख एउटै छ । बोल्ने कुरा पनि बोल्यो…नबोल्ने कुरा पनि बोल्यो ।
मणिध्वज- आमामा…आँ….यो मणिध्वजलाई तिमीले नेता बनाकी अन्त ।
आशा- हो त नि के…यहाँका नेताको हात चल्छ तपाई हजूरको मुख ।
निहारिका- साँच्चै हाम्रा ड्याड हजूर नेता हुनुभएको भए ता के कस्तो हुन्थ्यो होला हई ? हा…हा…हा…
मणिध्वज- खै नेता भाको भा ता…..
आशा- अहिले नेता नभई बिग टक् कस्तो छ बुहारी तिम्रा ससुरा बाबाको…नेता हुनुभाको भा ता इत्रु कान्छी औलीजस्तो सर्प देख्नुभयो भने एनाकोण्डा देखेँ भनी राँटो लगाई प्रेस मिट गरेर यो विपक्षी पार्टीको खेल हो भनी हाँक लाउनुहुन्थ्यो नि । आफ्नो गल्ती ठ्याममै नदेख्ने अनि आफ्नो गल्ती ढाकछोप गर्न जे कुरामा पनि विपक्षीलाई घोँच्ने ।

मणिध्वज- अब उताबाटै त्यस्तो आदेश आएपछि मुख हुँदाहुँदै नाकले पानी खानु भएन क्यारे !
आशा- र ता भनेकी, जसोजसो मादल बज्छ त्यस्तै पाराले नाँच्नु ता पऱ्यो नि । (प्रसङ्ग बदलिँदै) अच्छा त्यो सब थोत्रे कुरा नगरुँ कि । अच्छा लु पहिला भनिहाल्नुहोस् ता बुहारी र मेरो भुँड़ी आकाश पातालको फरक कसरी छ ? लु अहिल्यै भन्नु ।
निहारिका- भन्नु न ड्याड…सुन्नु मन लाग्यो ।
मणिध्वज- तर तिमी नरिसाऊ है आशा । तिम्रो भुँड़ी प्रेसर कुकुरमा हालेर उसिन्यो भने दस सिटीमा पनि नपाक्ने ख्ल्को छ…
आशा- आम्बो कतै नभाको बाहुन बाजे । बुहारीको चैं नि ।
मणिध्वज- बुहारीको ता अघि नै भनिहालेँ..।
निहारिका- ड्याडको ता ठिकै छ नि ।

मणिध्वज- बाघ र सिंहको भुँड़ी लागेको कहिल्यै देखेका छौं ? हामी पनि त्यस्तै हो क्या ।
आशा- यस्तो भित्रै टाँसिकेको भुँड़ीलाई ठिकै हुनु अरे हेर न बुहारी । (मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र आइपुग्छ) ।
मणिध्वज- लु भन न ता सुनुँ मेरो भुँड़ी कस्तो छ तिम्रो पारखी नजरमा ।
आशा- अप्ठ्यारोमा फलेको बनतरुलजस्तो । (निहारिका हाँसेर भुतुक्कै)
मणिध्वज- साँच्चै तिम्रो नाक नभएको भए ता तिमी पक्कै चिनीयाँकै देवता नै हुन्थ्यौ । (प्रसङ्ग बदलिँदै) यसरी गफ मात्रै गर्ने कि टीकाको मेलोमेसो पनि गर्ने ? खै मकरध्वज कहाँ लागेछ ? लु बुहारी बोलाऊ ता त्यसलाई ।
निहारिका- यो मान्छे घर आएपछि घरमा एकक्षण वास हुँदैन । (मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र आइपुग्छ) ।
आशा- साथीहरूको तिर गयो होला ।

मणिध्वज-लु लु बुहारी त्यसलाई कल गर । छिट्टो आउनु भन । टीका लाउने साइत जानु आँट्यो अरे भन । (निहारिका कल गर्छे। रिङ टोन क्रमश बजिरहन्छ…तर कल रिसिभ हुँदैन ।) हेर न कल रिसिभ नगर्नुभाको । (रिङ टोन बज्दै गर्दा मकरध्वजको प्रवेश)
आशा- कहाँ गइस् हौ छोरा ? (मालश्री गीतको धुन आइरहेछ) ।
मकरध्वज- उ माथि डाइस खेलाएको हेर्नु गाको थिएँ ।

क्रमशः

०००
सिलीगुडी, भारत
(आकाशवाणी खरसाङबाट प्रसारित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x