साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँको शुभकामना

आयूद्रोणसुते भनौँ कति भनौँ, बड्दोछ सङ्क्रामक । सत्रूको क्षय होस् भनौँ कति भनौँ, मिल्दैन हाम्रो हक ।। कुन्तीका न त पुत्र भेट्छु कहिल्यै, बाँणी झुटा छन् हदै । हाम्रो यो शुभकामना बिगतझैँ, भो भो नलागोस् कतै ।।

Nepal Telecom ad

छविलाल आचार्य :

बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रस्ट बड्दै गए ।
शिष्टाचार गुम्यो र दम्भ पनका, झन् प्रस्ट बन्दै गए ।।
जाली भ्रस्ट र क्रूर नीच पनका, देख्यौँ जता हो ततै ।
हाम्रो यो शुभकामना विगत झैँ, भो भो नलागोस् कतै ।।१।।

मिच्दै कानुन क्वै बसे महलमा, सोझा सधैं थर्थरी ।
हाम्रा ती शुभकामना सँगसँगै, आँसू झ-यो बर्बरी ।।
बड्दो रावणको छ बिग्बिग यहाँ, देख्यौँ जता हो ततै ।
हाम्रो यो शुभकामना विगतझैँ, भो भो नलागोस् कतै ।।२।।

कल्पेको न त पुग्छ यी झुपडीमा खाना र नानाहरु ।
तिम्रा आसिकले यी जिर्ण घरका टल्किन्न छानाहरु ।।
के को चाड मनाउँ खै म कसरी बेचैनमा छन् अझै ।
हाम्रो यो शुभकामना बिगतझैँ भो भो नलागोस् कतै ।।३।।

दुर्गा छिन् किन हो ? बलात्‍कृत स्वयम्, पुज्थ्यौँ लिदै आशिष ।
लक्ष्मी बास बसुन् र सत्रु क्षय हुन्, भन्दा झनै दासी छ ।।
सानाको पसिना चुसेर चुसुवा, हाँस्दै छ रे गद् गदै ।
हाम्रो यो शुभकामना बिगतझैँ , भो भो नलागोस् कतै ।।४।।

आयूद्रोणसुते भनौँ कति भनौँ, बड्दोछ सङ्क्रामक ।
सत्रूको क्षय होस् भनौँ कति भनौँ, मिल्दैन हाम्रो हक ।।
कुन्तीका न त पुत्र भेट्छु कहिल्यै, बाँणी झुटा छन् हदै ।
हाम्रो यो शुभकामना बिगतझैँ, भो भो नलागोस् कतै ।।५।।

हाम्रा जोस र होसका बिदुर ती, पर्देशमै भासिए ।
वैलाए जमरा समान मन यी, वैलाएरै मासिए ।।
ऐस्वर्यम् नहुसे भनौँ कति भनौँ, पिल्सन्छ सानो छँदै ।
हाम्रो यो शुभकामना विगतझैँ, भो भो नलागोस् कतै ।।६।।

०००
पोखरा १६ ,कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x