साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ !!

धर्मधारकको भेद मान्छे मान्छे फुटाउने अखण्डमा गरी खण्ड मान्छेलाई टुटाउने ! वर्षाका भेल हुन् चाड दशैँ नायक हो विधि अमानवी सबै चाड आड लिन्न कलानिधि !!

Nepal Telecom ad

कलानिधि दाहाल :

उन्माद मादको आँखो रातो दशैँ छ ओर्लियो
संयमका सबै स्नायु झञ्झा हुन् अब कुर्लियो !
खुराफाती हुने हुन्छन् अग्ला शिखरका चुली
भट्टीप्यार सजाएर हिँडेका छन् डुली डुली !!

बिचरा भोकका पेट निन्याउरा सबै यता
नाङ्गा आङ सधैँ उस्तै दशा दशैँ जतातता !
चुहिएका सबै छाना ऋणले भ्वाँङ पर्दछन्
अझ चाङ थपी मेरा आर्त आवाज झर्दछन् !!

मुसा पण्डित छेड्दै छन् भकारी भयका यता
नभएका गरी दुर्गा पूजा ठग्छन् जतातता !
परम्परा छ यो अन्ध बिराला बाँधिने विधि
देखी यो जङ्गली राज छक्क पर्छ कलानिधि !!

आफूजस्तै गरी अर्को हिंसाका रक्त छिर्छिर
शठमूर्ख यता मख्ख पर्दै घुम्दछ फिर्फिर !
बिर्सी मानवता अग्लो असुर ज्यादती विधि
बडादशैँ अरे यस्तो छक्क पर्छ कलानिधि !!

पेट खाली भरी देख्छु ललाटभर चामल
ऐले लिए भरे छैन भाँडो खाली छ सामल !
बाहिरी स्वाङ छाडेर संयमका लिए विधि
कति गद्गदमा हुन्थ्यो विरोधको कलानिधि ??

लुछिए मुटु नै चोक्टा लुछ्दा ठान्ने भए मन
अन्धविश्वास मिल्काई चेतनामा झुले जन !
उठ्ने मानवता अग्ला हिमालझैँ भए विधि
उल्लास मनमा भर्दै खुशी हुन्थ्यो कलानिधि !!

जुवातास हुनेसाथ हिंसा हल्केर हल्हल
आँखा राता बनाएर गर्छ जो नित्य खल्बल !
स्याल, ब्वाँसा अझै गिध्दजस्ताको हुन्छ यो विधि
विधान विधि यी जस्ता पाना च्यात्छ कलानिधि !!

गाडीमा भीड लागेर अल्पायु आयुमा हुने
विमानमा हवा हुर्की खोँचमा लास थुप्रिने !
अन्धविश्वासका हल्ला चल्ला हुन् यी दशैँ विधि
भेडोझैँ लाम लागेर हुत्तिँदैन कलानिधि !!

धर्मधारकको भेद मान्छे मान्छे फुटाउने
अखण्डमा गरी खण्ड मान्छेलाई टुटाउने !
वर्षाका भेल हुन् चाड दशैँ नायक हो विधि
अमानवी सबै चाड आड लिन्न कलानिधि !!
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x