साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे अन्तर्राष्ट्रिय जाति !

हिजोका हाम्रा पुर्खाले जस्तै कालान्तरमा, संसारको थुप्रै कुनाहरूमा फेरि थुप्रै नेपालहरू बनाउने छन्, हाम्रो जतिको अर्को पहिचान दिने छन् ! अनि गौरबका साथ भन्ने छन्, सगरमाथाको फेदीमा बस्ने हाम्रा पूर्खा नेपाली थिए !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

विदेशीने त हिजो पनि थिए
आज पनि छन् !

हाम्रा पुर्खाहरू,
कोही दक्षिणतिरबाट आए,
कोही उत्तरतिरबाट आए,
कोही पूर्व र पश्चिमतिरबाट आए
सयौ वर्ष लगाएर आए !

यसरी बसाई सर्दा
बाउ,आमा र आफन्तहरू छोडेर आए !
आफन्त, दाजुभाइ, दिदीबहिनीहररूको
माया बोकेर आए !

यसरी बसाई सर्न हिँडेकाहरूलाई,
न आमा बाको आँसुले छेक्यो,
न आफन्तको मायाले रोक्यो !

बसाई सर्दै हिँडेकाहरू
उत्तर दिशा पुग्नेहरू गोरा भए,
दक्षिणतिर छुटेकाहरू कला भए,
कोही राता भए कोही, कस्ता भए !

बसोबास सर्दै,
छरिएर हिँडेका हाम्रा पुर्बजहरू
कालन्तरमा आज आएर,
हिमालको काखमा बस्ने हामी नेपाली बन्यौँ,
एउटै पुर्खाका रक्तबिजहरू
कोहि अफरिकन हाब्सी बने
कोहि मंगोल चाइनिज र जापनिज भनिए
कोही युरोपियन गोरा कहलिए !

यसरी मान्छेको हिँड्ने क्रम,
उसको उत्पत्तिदेखि आजपर्यन्त जारी छ !
एक ठाउँमा नअडिनु,
नयाँ बासको खोजीमा लाग्नु
मान्छेको प्रकृति हो
मान्छे जतिको विशेषता हो!

हिजो हाम्रा पुर्खाहरू लड्दै,मर्दै
प्रकृतिका प्रहार र हण्डरहरू खाँदै
एक ठाउँबाट अर्को ठाउँमा पुग्थे
कति प्रिय जनहरू बाटोमै मर्थे,
कति बाटोमै बिछोडिन्थे !

आजको मान्छे उडेर, गुडेर बसाई सरिरहेको छ
अवसर र सुखको खोजिमा
आफ्नो जन्मथात छोडेर
आफन्तहरूको मायालाई बिर्सेर
नयाँ थातथलो खोज्दै छ !
आज हामीले त्यसलाई विदेशीनु भन्ने गरेका छौ !

यथार्थमा मान्छेको जातै फिरन्ते
एक ठाउँमा अडिन नसक्ने
सुखको खोजमा भौतारिरहने !

त्यसैले सन्तान विदेशिए भनेर
किन चिन्ता गर्नु ?
हिजो हाम्रा पूर्खा,
आफ्नो थातथलो छोडेर विदेशिएका थिए र
आज हामी नेपाली भयौँ !
कोही लिम्बु, नेवार, तमाङ र मधेसी आदि भयौँ !

आज नेपालबाट बसाई सरेका हाम्रा सन्तानहरूले
हिजोका हाम्रा पुर्खाले जस्तै
कालान्तरमा,
संसारको थुप्रै कुनाहरूमा
फेरि थुप्रै नेपालहरू बनाउने छन्,
हाम्रो जतिको अर्को पहिचान दिने छन् !
अनि गौरबका साथ भन्ने छन्,
सगरमाथाको फेदीमा बस्ने
हाम्रा पूर्खा नेपाली थिए !

तसर्थ,
हामीले स्वीकार गर्नैपर्छ
बसाई सर्नु मान्छेको प्रकृति हो !
यो शश्वत नियम र नियति हो !

हाम्रा पुर्खाले सन्तानले डाँडाकाँडा ढाकुन
त्यसै भनेका थिएनन् !

यथार्थमा, मान्छे अन्तर्राष्ट्रिय जाति !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x