साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्रूप वर्तमान

उल्टो नक्सा यस मुलुकको कोर्न खोज्ने पदस्थ पार्टीभन्दा अलग छ र को राष्ट्रवादी, तटस्थ । सत्ताधारी दल र दलका कार्यकर्ता विशिष्ट कोही छैनन् प्रतिनिधि यहाँ पूर्ण कर्तव्यनिष्ठ ॥

Nepal Telecom ad

वासुदेव पाण्डेय :

जान्नेसुन्ने पठित अगुवा मौन सत्तापरस्त
नालेबेली नियम विधि नै देखियो रोगग्रस्त ।
आँखा छल्दै दल र बलले भर्न लागे भकारी
कुर्सी, सत्ता, पद,सडकमा देखिए धुन्धुकारी ॥

पाए पैसा नियम नमिलोस् लाइने शीघ्र तोक
हाम्रा राम्रा अवगुण सबै गर्दछन् ढाकछोप ।
सोझासाझा गरिबजनको लागि बन्दै छ पासो
आफैँ पापी पतित पदमा पोख्नु खै के गुनासो ॥

मानूँ आफू अधिपति तथा ठान्छ सर्वज्ञजस्तो
पैसा पाए पद पनि मिले देश चाहिन्न जस्तो ।
मेरो आफ्नो मुलुक जननी यो कुरा नै नजानी
आगो लाई घरभरि ढुकीको बटुल्ला खरानी ॥

उल्टो नक्सा यस मुलुकको कोर्न खोज्ने पदस्थ
पार्टीभन्दा अलग छ र को राष्ट्रवादी, तटस्थ ।
सत्ताधारी दल र दलका कार्यकर्ता विशिष्ट
कोही छैनन् प्रतिनिधि यहाँ पूर्ण कर्तव्यनिष्ठ ॥

सीमा मिच्दै विधि नियमका देश आफ्नो बिगारी
आफ्नो सानो घर परिधि पो राख्न थाले सिँगारी ।
गोड्ने भन्दै मुलुक बिरुवा जो जरा काट्न थाले
हेर्दा हेर्दा पदसित तिनै देश यो साट्न थाले ॥

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x