साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडेको टमाटर

‘अनि यो ?’ ‘तपाईं नै खानोस् त्यो सडेको टमाटर । आज मात्र तपाईंको पसलबाट राम्रो टमाटर किन्न पाएँ ।’ ऊ जिल्ल पर्यो । ‘सडेको टमाटर’ उसको हातैमा थियो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘ताजा तरकारी’ दोकानमा गएर सोधें – ‘अलिकति सडेको टमाटर पाइन्छ ?’

अँध्यारो अनुहार पार्दै पसलेले मसित प्रतिप्रश्न गर्यो – ‘ताजा तरकारी दोकानमा सडेको टमाटर पाइन्छ र ? हामी ताजाबाहेक केही बेच्दैनौँ ।’ उसले थपेको थियो ।

हरेक दिन एक पाउ किन्दा एउटा सडेको अवश्य पर्थ्याे यसै पसलबाट । त्यो सडेको चाहिँ पूरै कुहिएको हुँदैनथ्यो बरु ‘ताजा सँडेको’ भने अवश्य हुन्थ्यो । मनमा आएको यही कुरो भनिदिऊँ कि जस्तो भएको थियो तर बोलिहाल्नु चाहिँ सभ्यताजस्तो लागेन । घुमाउरो पाराले भने भन्न भ्याएँ – ‘हो त । यहीँको ताजा तरकारी खाएर त हामी बिरामी पर्ने गरेका छौँ । एक पाउमा एउटा ताजा टमाटर हुने गरेको छ ।’

उपस्थित दुई चार जनाले हाँस्ने मौका पाए । सबैले पैसा तिर्दै झोलामा दिएको भनेजति तरकारी लिँदै बाटो नाप्दै थिए ।
‘टमाटरको दाम कसरी हो ?’
‘पाउको पच्चीस, आधा किलोको साठी र एक किलोको सय ।’ तालिमे स्वरमा एकै सासमा सिध्यायो । अनि मैले सोधें – ‘पाँच किलोको नि ?’

पसलमा मुस्किलले दश किलोजति टमाटर थियो । मेरो अनुहारपट्टि हेर्यो र सोध्यो –‘भोजको लागि हो ?’
‘होइन, मल बनाउन । त्यसैले सडेको टमाटर खोजेको ।’
‘पैसा पूरा लाग्छ नि ?’
‘हो, दिन्छु । मलाई पनि समयको बचत हुन्छ ।’

पसलेले सकारात्मक टाउको हल्लायो । टमाटरको टोकरीबाट डेढ किलो जति सडेको टमाटर निकाल्दै जोख्दै भन्यो – ‘तपैँ गज्जबको ग्राहक, ताजाबाट पनि सडेको निकाल्न लगाउने’ । जोखेर एकातिर राख्यो । अनि अनुहारतिर हेर्यो । ‘एक किलो अब तरकारी खानलाई जोख्नुस्’ मैले भनें । अनि एक सय रुपैयाँ हातमा थमाउँदै नयाँ जोखेको टमाटर लिएर जान तयार भएँ ।
‘अनि यो ?’
‘तपाईं नै खानोस् त्यो सडेको टमाटर । आज मात्र तपाईंको पसलबाट राम्रो टमाटर किन्न पाएँ ।’

ऊ जिल्ल पर्यो । ‘सडेको टमाटर’ उसको हातैमा थियो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x