साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुलै निम्तो

“आम्मै नि ! बाबुको बिहे यतैबाट गर्न पाए रत्यौली खेल्न,भोज खान पाइन्थ्यो नि ! रमाइलो पनि हुन्थ्यो नि ।” मुख मिठ्याउँदै फूलमायाले भनी ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

“ल बूढी ! छोराको बिहे त शहरमै गर्ने निधो भयो है !” श्रीमानले जुँघा ताउ लगाउँदै भन्यो ।
“राम ! राम !! गाउँमा सबैको बिहे खाइएको छ । आफूले पनि गाउँलेलाई डाकेर खुवाउनु परेन त बुढा ?” श्रीमतीले सम्झाउन खोजी ।

“नकरा ! गाउँमै बिहे गर्ने‍ हो भने हेर् दस जना बोलाए बीस जना रिसाउँछन्, बीस जना बोलाए चालिस ! फेरि गाउँले सबैलाई बोलाउनु पर्छ । कुरो खर्चको पनि छ । सहरमा बिहे गर्दा कुनै झन्झट नै बेसाउनु पर्दैन, धेरैलाई बोलाउनु नि पर्दैन, सस्तो पनि उतै पर्छ ।’ श्रीमान्‌ले व्याख्या गर्‍यो ।
“दुनियाँको चैँ खाने अनि आफूले खुवाउन बेला चाहिँ शहर भाग्ने भनेर गाउँलेहरूले छोड्लान् नि त्यसै ।” आशङ्का बोली श्रीमतीले ।

“ह्या ! छोड्दे बूढी ! जेसुकै भनुन् । हाम्रो व्यवहार गाउँलेले गरिदिने हैनन् क्यारे !”
“तपाईंलाई त के र ! भोलि लाज र अप्ठ्यारो त मलाई हुने भयो नि !” श्रीमतीले असन्तुष्टि जनाई ।
“दुई चार दिन मात्रै हो के । त्यसपछि त कसलाई केको चासो ?’
श्रीमान्‌कै तर्कले जित्यो । श्रीमतीले अनिच्छावश निर्णय स्वीकार गरी ।

“अनि बिहेमा गएको बेला घर पो कसले कुरिदिने हो त है बूढा ? गाई-भैँसी खसी-बाख्रालाई घाँसपात, कुँडो पानी । कसले पो गरिदेला त खै ?” श्रीमतीले समस्या देखाई ।
श्रीमान्‌ले आफ्नै खेत अधियाँ गर्ने फूलमायाको नाम लियो । श्रीमतीले मोबाइलमा नम्बर खोजी र फोन गरी । फूलमाया आधा घन्टाभित्रै आइपुगी ।

“के कति कामलाई सम्झनुभयो, दिज्यै ?” फूलमायाले जिज्ञासा राखी ।
” यतातिर भन्दा उतै सजिलो होला भनेर ठूलेको बिहे सहरबाटै गर्ने निधो भयो । हामी नआइन्जेल घर कुरिदिन्छेस् कि भनेर तँलाई बोलाएका !” बूढाबुढी मुखामुख गर्दै श्रीमतीले भनी ।

“आम्मै नि ! बाबुको बिहे यतैबाट गर्न पाए रत्यौली खेल्न ,भोज खान पाइन्थ्यो नि ! रमाइलो पनि हुन्थ्यो नि ।” मुख मिठ्याउँदै फूलमायाले भनी ।
“हुन्थ्यो नि रमाइलो त । तर के गर्नु ! मिल्दै नमिलेपछि । पुलुक्क बूढीतिर हेर्दै भन्यो श्रीमान्‌ले ।
अब भोलिदेखि चार दिनसम्म गाई,भैँसी, बाख्रा, घर सबै तेरै जिम्मा है, फूलमाया !” श्रीमती बोली ।

” हस् हजुर ! यताको केही पिर नगर्नू । म छँदै छु नि !”
फूलमायाले दिएको भरोसाले खुसी भएर श्रीमानले हजार रुपैयाँ फूलमायाको हातमा राखिदियो ।

फूलमाया फर्कन लाग्दै थिई श्रीमती चाहिँले सुर्के थैलीबाट सुपारीका टुक्रो झिकेर दिँदै भनी “राम्रोसँग घर हेरेस् । ला तँलाई पनि हाम्रो छोराको बिहेमा चुलै निम्तो छ है फूलमाया !”

०००
२०८०/०७/१३
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x