साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के जाजरकोट के रुकुम !

कहिले बझाङ हल्लिन्छ कहिले बाजुरा कहिले बैतडी बङ्गिन्छ कहिले दार्चुला दङ्गिन्छ कहिले धादिङ धङधङाउँछ कहिले रोल्पा रगरगाउँछ शक्ति हुँदा कहिले काठमाडौँ हुत्याउँछन् शक्तिका छालहरू ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

जाजरकोट जर्जर छ
रुकुम रोइरहेछ
नजर्जरियोस् पनि किन ?
नरोओस् पनि किन ?
अनकुन्टार भूगोलभित्र
लामो समयान्तरसम्म
विकासको सपना पाल्दापाल्दै
सहनै नसक्ने गरी
ऊ अहिले एक्कासि हल्लिरहेछ
गर्भमा भूकम्प पालेर ।

यिनीहरू
कहिले हैँजाको त्रासदीले तर्सिन्छन्
कहिले हतियारको धङधङीले पर्सिइन्छन्
आश्वासन बर्सिन्छ बोलीभरि
भोलि, पर्सि र निकपर्सि हुँदै
हप्ता, महिना र वर्ष मात्र हैन
दसकौँ भइसक्यो
यी आश्वासन ओढेको
विश्वासमा मन मोडेको
तर, अब त पसिना ओभाइसक्यो
सुक्तै जान थाले
ती आश्वासन र बोलीहरू
थुम्थुम्याइका लोलीहरू
अनि, कोल्टे फेर्छ समय
नयाँ सपना बर्सिन्छ
तिमीहरूको भाग्योदय हुँदैछ भनेर
पत्याउँछन् उनीहरू
नपत्याउन् पनि किन
माथि पुगेकाहरूको
विश्वासमा छन् उनीहरू
ठान्छन् – ती पनि हामी जस्तै सज्जन छन्
तब त मन नहाँसे पनि
मुख हाँस्छन् उनीहरू
पटक पटक धोका खाएर पनि
पाइला पाइलामा ।

के जाजरकोट के रुकुम
कहिले बझाङ हल्लिन्छ
कहिले बाजुरा
कहिले बैतडी बङ्गिन्छ
कहिले दार्चुला दङ्गिन्छ
कहिले धादिङ धङधङाउँछ
कहिले रोल्पा रगरगाउँछ
शक्ति हुँदा
कहिले काठमाडौँ हुत्याउँछन् शक्तिका छालहरू
र, काठमाडौँ हल्लिन्छ बेजोडसँग
विज्ञहरू भन्छन्
अनौठो जीव छ नेपाल
गर्भमा भूकम्प पाल्न सक्ने
बेलाबेलामा आतङ्क बाल्न सक्ने
भन्छन् बेलाबेलामा –
कोही मर्द छौ यहाँ ?
यी सब त्रासदलाई फाल्न सक्ने
छैनौ भने
जाजरकोट र रुकुम हल्लिएझैँ
सधैँ हल्लिरहन्छौँ हामी
अनि, के जाजरकोट के रुकुम
समान बन्छौँ हामी हल्लिने कुरामा
आश्वासन बोकेर जिल्लिने कुरामा
तर अहिले
बहसको विषय होइन यो
एकै स्वर र एकै काँधमा
उठाऊ जाजरकोटलाई
जुटाऊ रुकुमलाई
र, होस्टेमा हैँसे गर्दै
विपत्को यस भूकम्पीय घडीमा
फेरि पनि सबै मिलेर
हँसाऊ
आपत्मा अँचेटिएका
यी भूगोलहरूलाई ।

०००
२०८०/७/१९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x