साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठिबास भयो

नगरे नहुने जब हुन्छ कुरा । विधिसम्मतमा जब चल्छ छुरा ॥ न त क्वै जनका मनमा छ पुरा । तब जङ्गलमा बस है बाबुरा ॥

Nepal Telecom ad

छविलाल आचार्य :

गठबन्धनको, सरकार छ यो ।
किन चुम्बकको, दरकार भयो ?
न मिले पनि मिल्नुछ भाव यहाँ ।
नगरे नभने पनि लाभ यहाँ ॥१॥

किन्न तर्सनु खै ? अपराध गरे ।
छल कल्मसको मतियार परे ॥
जनका मनमा सब लाल छ यो ।
मतिको खतिको नवचाल छ यो ॥२॥

अब दौड यहाँ छल लिग्लिगको ।
लुट तस्करको झन बिग्बिगको ॥
किन साँढ जुधे किन बाँध फुटे ?
सब ध्वस्त अझै ईष त्यो नटुटे ॥३॥

नगरे नहुने जब हुन्छ कुरा ।
विधिसम्मतमा जब चल्छ छुरा ॥
न त क्वै जनका मनमा छ पुरा ।
तब जङ्गलमा बस है बाबुरा ॥४॥

जन युद्ध गयो धन युद्ध भयो ।
मतिको गतिको अवरुद्ध भयो ॥
सब आस गयो, झन ह्रास भयो ।
जब पद्धतिको उठिबास भयो ॥५॥

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x