परदेशी छाेराकाे माया
राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे भएनन बाबु आमा सम्पति सच्चा रह्याे। रुन्छिन्र आमा तिमी सम्झि भन्छिन् मलाई जब केछ खवर भन त बाबु सञ्चाे बिसञ्चाे अब ।
विश्वनाथ ढुङ्गेल :
१
धेरैभाे तिम्रै यादले बुढाबुढी तड्पेकाे
तिम्रै काख पाेल्टामा रुन पाउँ भनी जपेकाे ।
साथ तिमले हामीलाई छाेडेर गयाै जब
केछ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।
२
गाथमा तिम्राे कहिल्यै पनि नहाेस् दुख पिर
मान मर्यादा लिनु दिनु बनाउ उच्च शिर ।
सुन्दैन श्वरले अब बुढाे भइयाे जब
केछ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।
३
चल्न हल्न नसकिँदा समाई हिँड्छाैँ भित्ताे
साथमा तिमी नहुँदा याे जीवन भाे रित्ताे ।
केही गर्न सकिँदैन बाबुु तिम्रै आशामा जब
केछ खवर भन बाबु सञ्चाे बिसञ्चाे अब ।
४
साेच्ने कुरा त्याे साेचेर मन भाछ दिकदारी
बुढाे भएका छाै बाबु हामी अहिले भिखारी ।
साेचि बस्छाैँ बाबु मनमा अनेक पिरताप जब
केछ खवर भन त बाबु सञ्चाे विसञ्चाे अब ।
५
तिम्राे सुखनै हाम्रालागि पाैरख त्यहि बन्दछ
छैनन् काेहि सहारा लाउ खाउ काे भन्दछ ।
सबैका लागि ईश्वर ठान्दछाैँ आज जब
के छ खवर भनत बाबु सञ्चाे बिसञ्चाे अब ।
६
साेचेकाे थिइन कहिल्यै यस्ताे बुढ्याइँ हाेला
हाँसी हासी जिउने ईरादामा अन्यत्र माया छाेला ।
हिजाेका कल्पना थियाे नि मेरा पुरा भएन जब
के छ खवर भन त बाबु सञ्चाे बिसञ्चाे अब ।
७
राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे
भएनन बाबु आमा सम्पति सच्चा रह्याे।
रुन्छिन्र आमा तिमी सम्झि भन्छिन् मलाई जब
केछ खवर भन त बाबु सञ्चाे बिसञ्चाे अब ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest