साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरी, झर्को र झट्केलाहरू

वर्षौँदेखि उचित उपचार र स्याहार नपाएर दीर्घरोगले थला परेकी अभागिनी आमा कपुतहरूको कर्कश संवाद र कोलाहलले झर्को लागेर विचरी !!! डाँको छोडेर रुन खोज्दा पनि सकेकी छैनन् ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

मनसुनको ट्रयाक लाएर
परेड खेलिरहेछ- झरी
बाढीपहिरोको शोकगाथा गाएर
चित्रगुप्तको खातामा
हिसाव लेखाइरहेछ्न्
बेसहाराहरू ।

लोकतन्त्रको फ्याङ्लो लगौँटी लगाएका बाँदरहरू
मदारीले चलाएको रिमोटको इशारामा
देखाइरहेछ्न् – भद्दा नाच ।

इमान्दार भनिएका बाउसेहरूलाई लखेटेर
जिम्दार मुखियाका हली खेतालाहरू
अग्रगमनको झिल्के जामा लाएर
आलीमा उभिएर लाउँदैछ्न् नारा ।

वर्षौँदेखि उचित उपचार र स्याहार नपाएर
दीर्घरोगले थला परेकी अभागिनी आमा
कपुतहरूको कर्कश संवाद र कोलाहलले झर्को लागेर
विचरी !!!
डाँको छोडेर रुन खोज्दा पनि सकेकी छैनन् ।

सोझा निमुखाको धनमाथिको रातीगेडी
एकसुर्को घरबारी पनि हड्पिन
मौका कुरेर राल काढ्दै बसेका झट्केलाहरू
जाली मुचुल्का उठाएर
कीर्ते तमसुक लेखाइ सहीछाप धस्काइरहेछ्न् ।

०००
पेप्सीकोला, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x