साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाई छ

स्वाभिमान किच्न सकेकोमा आत्मसम्मान थिच्न सकेकोमा तिमीलाई बधाईं । जथाभाबी डुल्न सकेकोमा मनलागी बोल्न सकेकोमा जालझेल गर्न सकेकोमा मालामाल हुन सकेकोमा तिमीलाई बधाईं ।

Nepal Telecom ad

डा. शंकर चिमाैरिया :

आशाहरू मार्न सकेकोमा
निराशाहरू छर्न सकेकोमा
खुशीहरू खोस्न सकेकोमा
पिडाहरू दिन सकेकोमा
तिमीलाई बधाई ।

गुटबन्दी गर्न सकेकोमा
गुलामहरू भर्न सकेकोमा
स्वेच्छाचारी बन्न सकेकोमा
जथाभावी गर्न सकेकोमा
तिमीलाई बधाई ।

नेताहरू रिझाउन सकेकोमा
राजनीति भित्र्र्‍याउन सकेकोमा
सेता हात्तीहरू पाल्न सकेकोमा
योग्यहरू फाल्न सकेकोमा
तिमीलाई बधाई ।

निर्भीकतालाई पेल्न सकेकोमा
सङ्घभित्र खेल्न सकेकोमा
स्वाभिमान किच्न सकेकोमा
आत्मसम्मान थिच्न सकेकोमा
तिमीलाई बधाई ।

जथाभाबी डुल्न सकेकोमा
मनलागी बोल्न सकेकोमा
जालझेल गर्न सकेकोमा
मालामाल हुन सकेकोमा
तिमीलाई बधाईं ।

गुणस्तर झार्न सकेकोमा
विकृतिसँग हार्न सकेकोमा
पलायन गराउन सकेकोमा
संस्थालाई डुबाउन सकेकोमा
हदैसम्म गिर्न सकेकोमा
तिमीलाई बधाई ।

०००
भकुण्डेबेसी, काभ्रे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x