साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के पढाउँछस् त मास्टर !

हेर ! शरीरका हर नशामा रगत बगेझैं हाम्रा हर क्रियाकलापमा राजनीति प्रवाहित भइरहेको हुन्छ । राजनीतिबिना जीवनले गति लिन सक्दैन । देश र जनताको प्रगति हुन सक्दैन ।

Nepal Telecom ad

केशवराज आमोदी :

चैतमा सल्केको वनको डढेलो झैँ देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । आठ-दश हजार सर्वसाधारण जनताले शहादत प्राप्त गरिसकेका थिए ।

प्रोफेसर मण्डलीसँगै आकाश पनि कलेजको चउरमा मुङ्फली खाँदै थियो बलबहादुर विद्रोही आएर विरोध-जुलुसमा जाऊँ भनेर कर गर्न थाल्यो ।

-‘तपाईं यो ठाउँमा राजनीतिको कुरो नउक्कानुस् !’ उसले भन्यो ।

‘राजनीति नै सामाजिक रूपान्तरणको पहिलो ब्रम्हास्त्र हो । त्यसैले म जहाँ जान्छु त्यहाँ आकाश खस्ने गरी राजनीतिको चर्चो गर्छु तपाईं कुवाको भ्याकुतोले भनेर म मान्छु’ विद्रोहीले पाखुरा सुर्कुंलाझैं भन्यो ।

‘उहाँसँग राजनीतिक बहस गरेर कसैले सक्दैन चिया पिउन जाऔँ’ भनेर प्रोफेसर डोरमान सिंहले प्रसङ्ग बदल्न चाहेको बुझेर विद्रोहीले भन्यो ‘तिमी कुन राजनीतिक धारका प्रोफेसर हौ ?’

उनले भने- ‘म राजनीतिमा खासै चासो नराख्ने सामान्य नेपाली नागरिक हुँ तर यौटा कुरा सम्झि राख भाषणको कुरोले देश बन्दैन । देश बनाउन लगन निष्ठा र योजना चाहिन्छ, बुझ्यौ ?’

‘हेर ! शरीरका हर नशामा रगत बगेझैं हाम्रा हर क्रियाकलापमा राजनीति प्रवाहित भइरहेको हुन्छ । राजनीतिबिना जीवनले गति लिन सक्दैन । देश र जनताको प्रगति हुन सक्दैन ।’

‘ढाँटेका कुरा काटे मिल्दैन, घोकेको सिद्धान्त व्यवहारमा मारे मिल्दैन ।’ प्रोफेसर आकाशको मुखबाट के खस्यामात्र थियो बलबहादुर विद्रोही राजनीतिमा रतिभर चाख नराख्ने ए प्रोफेसर ! तँ कक्षामा के पढाउँछस् ? भन्दै जुरुक्क उठेर भट्टीतिर लाग्यो ।

०००
सुखौरा, तनहूँ । हाल : रत्ननगर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x