साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औकात

मान्छेको उपमा दिई समयले यो जिन्दगी सुम्पियो ’मान्छे’कै पहिचान धन्य छ बढी औकात के चाहियो ? भड्केको लखबाट हुन्न सजिलो औकात जोगाउन साह्रो ओखर खोस्रिएर नङले गाह्रो छ छोडाउन ।

Nepal Telecom ad

जयदेव गोविन्द :

जुत्ता होस् जति मूल्यवान् तर सदा लाइन्छ गोडामनि
टोपी होस् चिथरो तथापि शिरमा अग्लिन्छ शोभा बनी
को के हो कुन ठाउँ लिन्छ कसले को उठ्छ को झर्दछ ?
त्यो निर्धारण वस्तु या मनुजको औकातले गर्दछ ।०१

हावाले भरिएर बेलुन फुली जत्रो बनोस् तापनि
छेस्को वा नङले छुँदा पलकमै सिद्धिन्छ टुक्रा बनी
छोटो सङ्गतमै सकिन्छ सजिलै औकात नाप्ने कुरा
हर्थुङ्गातिर फुट्तछन् पटपटी लाए निकम्मा चुरा ।०२

लामो कोसिसले प्रशिक्षण लिई जान्ने बनोस् मानिस
भित्री आदतमा छ कल्मष भने छाड्दैन ईर्ष्या रिस
आफैं लक्ष्यविहीन बन्छ उसको औकात सानो भए
थुप्रो शीघ्र भरिन्छ के भरणमा चम्चा र मानो भए ।०३

धारामा जति नै लगी सुँगुरको धोई पखालौं शिर
पाए फुत्कन जान्छ गाड्छ थुतुनो फोहोर गल्लीतिर
फेरिन्नन् व्यवहार शीघ्र अति नै औकात तल्लो भए
खाना लाग्दछ मिष्ट के तिहुन नै चौपट्ट खल्लो भए ।०४

पन्छी-मानिस-जन्तु भिन्न रहने आधार औकात हो
मान्छे नै दल वर्ग जात कटुता निम्त्याउने जात हो
हाम्रा दुर्व्यवहारबाट तुहिँदै औकात ओर्ल्यो तल
छानो प्वाल परी चुहिन्छ जल के दोषी भयो बादल ।०५

मान्छेको उपमा दिई समयले यो जिन्दगी सुम्पियो
’मान्छे’कै पहिचान धन्य छ बढी औकात के चाहियो ?
भड्केको लखबाट हुन्न सजिलो औकात जोगाउन
साह्रो ओखर खोस्रिएर नङले गाह्रो छ छोडाउन ।०६

हामी मानिस हौं यही ‘मनुज’को औकातमा बस्नु छ
योभन्दा पर जानु छैन न कुनै पातालमा खस्नु छ
हामी केवल दास हौँ समय हो हाम्रो ‘बडा हाकिम’
बाँचेसम्म रहन्छ झन्झट दशा यो सत्य हो अन्तिम ।०७

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x