घनश्याम रेग्मीविहे भोज र प्रवृत्ति
हाड टोक्नेहरू ध्यान अर्को छ र चुस्न भाए भयो गर्नु नै के छ र ? हन्तकालीहरू छन् जुटेका अझै दन्तकालीहरू उत्तिकै छन् सबै लाल गाला हुने छेउ साली भए मस्किई मस्किई बोल्न मिल्ने भए ।

घनश्याम रेग्मी :
आज निम्तो यता भोज खाने थियो
क्या मजाको अहो हार्दिकी भेटियो
जान ता जानुपर्ने थियो लागियो
हेर खाने कथा जिन्दगी देखियो ।१
लाममा छन् सबै खाम हस्ते भयो
काम जे खास हो सोही फत्ते भयो
भोजमा पाल्नु होस् स्वागतम् त्यो सुरु
खास चाला छ के बुझ्छु मैले बरू ।२
कोट लाए नयाँ एक टोपी गरे
हात औँठीहरूले मजाले भरे
टाइ लाए मजाको निकै दामको
ठाँटिए देखिए व्यक्ति ईमानको ।३
टाँसिएका थिए स्वागतम् आवरु
राखिएका थिए मेच कुर्सीहरू
ठाँटिएका थिए धेर ती पाहुना
खाँदिएका जहाँ प्लेट औ ती दुना ।४
खाम ता एक हो प्लेट केही लिए
श्रीमती साथमा धेर जोडी थिए
मेच राम्रा कता छान खाली चुन
खानको मात्र हा ध्यान गर्ने जन ।५
लाम मान्छे थिए जाम मान्छे थिए
खानकै व्यस्तता जाम भान्से थिए
एउटा भन्दथ्यो एक टुक्रा थपूँ
भन्छ दोस्रो त्यही पक्कु मात्रै झिकूँ ।६
भन्छ थोरै थपौँ एक प्याला बरु
थप्छ लाछी बनी पल्ट कैयौँ अरू
घुम्छ फर्की उही दाँत देखाउँदै
झुम्म आँखा गरी हाल बेहालकै ।७
छैन गन्ती कुनै ग्लास वा तासका
लाग्दछन् व्यक्ति हुन् खानका भासका
लाल आँखा गरी हस्तले कुस्तमा
भोजमा छन् सबै खानका मस्तमा ।८
बेहुला बेहुली छन् कता कुन्नि खै
दक्षिणा मन्त्रणा हुन्छ के कुन्नि खै
जान पाए भयो खान पाए भयो
जिन्दगी खानका काममा सिद्धियो ।९
भात खाने निकै थोर नै देखिए
मात खानेहरू ती बढी भेटिए
हाड टोक्नेहरू ध्यान अर्को छ र
चुस्न भाए भयो गर्नु नै के छ र ?१०
हन्तकालीहरू छन् जुटेका अझै
दन्तकालीहरू उत्तिकै छन् सबै
लाल गाला हुने छेउ साली भए
मस्किई मस्किई बोल्न मिल्ने भए ।११
राक्षसी तालका मांस लुछ्नेहरू
पश्चिमी चाल यो खान भुल्नेहरू
वैदिकी देशका वेदको देशना
खै गयो त्यो कता स्याल छन् मेचमा ।१२
०००
बैजनाथ १- चिसापानी, बाँके
Subscribe
Login
0 Comments
Oldest







































