साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

जाग जाग हे युवा बुद्धिमान मानिस भ्रष्ट खेद्न हे युवा जाग जाग मानिस लोकतन्त्र मासियो जाग जाग बौद्धिक दण्डहीन कामले बाँच्छ को र नैतिक ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

राजनीति देशको भ्रष्ट हात सुम्पियो
लास मात्र देखियो द्वन्द्व मात्र भित्रियो
खान दुष्ट मिल्दछन् नत्र नेत्र तर्दछन्
देह भित्र पापको भार टन्न बोक्दछन् ।१।

भ्रष्ट भ्रष्ट मिल्दछन् भ्रष्ट कर्म गर्नमा
हुन्छ देश बन्धकी ऐन पर्छ सर्ममा
भित्र भित्र एकता तर्क हुन्छ बाहिर
आर्त मात्र पर्दछन् पासमा र जञ्जिर ।२।

मुख्य पात्र भित्र छन् भित्र भित्र खेल्दछन्
ऐन मात्र बन्दछन् भित्र ऐन पोल्दछन्
संविधान मासियो शान्ति छैन देशमा
सावधान हुन्छ को मर्छ भित्र चेतना ।३।

हात पाउ बाँधिए मर्द चाहिँ बेचिए
अन्न छैन गेहमा कर्मवीर जो थिए
छुद्र चाल खेल्दछन् भ्रष्ट राजनीतिमा
राष्ट्र प्रेम छैन त्यो प्रष्ट कामकाजमा ।४।

जाग जाग हे युवा बुद्धिमान मानिस
भ्रष्ट खेद्न हे युवा जाग जाग मानिस
लोकतन्त्र मासियो जाग जाग बौद्धिक
दण्डहीन कामले बाँच्छ को र नैतिक ।५।

राजनीति देशको अङ्ग अङ्ग रोगिँदा
अर्थतन्त्र देशको ठाउँ ठाउँ बिग्रिँदा
लोकतन्त्र के रह्यो नाउँ मात्र को भयो
राजनीति सप्रिए लोकतन्त्र सप्रियो ।६।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x