साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फट्याङ्ग्राको मेला

जताततै फट्याङग्राको झुण्ड झुण्डहरूमा छ मुन्डै मुन्ड गाउँबाट उठ सहरबाट उठ यो फट्याङग्रालाई धान झैँ चुट अब आयो सबले लौ सोच्ने बेला रहनु हुँदैन यो फट्याङग्राको मेला ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

अहा ! कस्तो अनौठो भेला
फट्याङ्ग्राहरू मेला
यता फट्ट जान्छ
उता फट्ट जान्छ
क्या मिलाएर
जनताको पसिना खान्छ
कस्तो कस्तो खेला
आहा ! हेर फट्याङ्ग्राहरूको मेला ।

स्वदेश पनि घुम्छ विदेश पनि जान्छ
विदेश जाँदा झन् हुल बोकेर जान्छ
यता रहँदा रुपैँया खान्छ
उता जाँदा डलर खान्छ
जे खाए पनि यसको के जान्छ ?
जस्तो छ गुरु उस्तै छ चेला
आहा ! कस्तो अनौठो फट्याङ्ग्राहरूको मेला ।

रुक्दैन यो कहिलै खाइरहन्छ
नाम बदल्छ रुप बदल्छ
झुक्काएर शक्तिमा आइरहन्छ
किसानलाई सक्यो श्रमिकलाई सक्यो
गाउँ सक्यो देश सक्यो
खै कसले यसलाई चाहिरहन्छ ?
बोल्छ अनेक बेला कुबेला
आहा ! कस्तो अनौठो !! फट्याङ्ग्राको मेला ।

जताततै फट्याङग्राको झुण्ड
झुण्डहरूमा छ मुन्डै मुन्ड
गाउँबाट उठ सहरबाट उठ
यो फट्याङग्रालाई धान झैँ चुट
अब आयो सबले लौ सोच्ने बेला
रहनु हुँदैन यो फट्याङ्ग्राको मेला ।

०००

घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x