साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म गाेठालाे

आफ्नै अहमभित्र खुम्चिरह्यो भने ताराहरु जस्तै पड्किनु पर्छ रे तर म यी यथार्थ भन्दा टाढा जङ्गली बाँदर हर्काइरहेको लाल्मुलाई र तारीलाई थर्काइरहेको गोठालो हुँ गोठालो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

म भारवी होइन,
अर्थ गौरव प्रस्तुत गर्ने
म यज्ञबल्क्य होइन,
हुतुतु वेद बमिट गर्ने
(तित्राहरु पलकाउँने)
न म राजा नल हुँ
कलीको बसमा पर्ने
गालव, कन्व, साण्डिल्य र कपिल
कोहि पनि होइन म
म त केवल गोठालो हुँ गोठालो
राजकुमार प्रभाकरको कथा भन्ने
जादुको छडीको कथा सुन्ने ।

मलाई बानी परेको छ
साधूले ल्याएको फल खाएको भोलिपल्ट
रानी गर्भवती हुन्छे
राजकुमार जन्मन्छ
हुर्किहाल्छ
साधूले लान्छ
उस्को बलिकृयाबाट भाग्छ
निर्जन शहरमा पुग्छ
राजकुमारी भेट्छ
जादुको छडीले ब्युँताउँछ
जादुको छडीले सुताउँछ
आदि आदि
म यहि कथामा बानी परेको मान्छे
गोठालो हुँ गोठालो ।

कतिपय रासायनिक प्रतिकृयाहरु
क्यटालिष्टको अभावमा सम्पन्न हुन्न क्यारे
आफ्नै अहमभित्र खुम्चिरह्यो भने
ताराहरु जस्तै पड्किनु पर्छ रे
तर म
यी यथार्थ भन्दा टाढा
जङ्गली बाँदर हर्काइरहेको
लाल्मुलाई र तारीलाई थर्काइरहेको
गोठालो हुँ गोठालो ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x