साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन पिताश्री ?

लक्ष्मी तिम्री बैनी, अलि चन्चल छे ! मानवता र विवेक सिकाउने काम तिम्रो। लक्ष्मीलाई लीकमा ल्याउने सरस्वतीले हो, बादशाहलाई योगीले तह लगाएजस्तै, वानरलाई नरनाथ फित्कौली सम्राटले तह लगाएजस्तै !"

Nepal Telecom ad

धनराज गिरी :

प्रोफेसर प्रजापति नीरजोपाध्यायका दुई सुपुत्रीहरू, रमा र वागीश, जुम्ल्याहा। ब्याचलर सेकेन्ड इयर, बैकुण्ठनगरको “जय नेपाल लालसलाम बहुदुखी क्याम्पसमा” पढ्दै। दुई नै उत्तिकै चारु, तर अचम्म, रमाको पछि लाग्ने भमराहरू अति, कति कति, बिचरी वागीश जिल्ल, कोही पनि छैन।

भ्यालेन्टाइन डे आयो,शून्य भमर। शाश्वत धाम जाने रहर उनलाई पनि थियो। युग्मको महत्व नबुझेकी होइन। कक्षामा प्रोफेसर प्रीतम प्यारेले प्रेमिल शेर भन्दा उनको मनमा पनि “कुछ कुछ होता है” भएकै हो। पुरुष स्पर्शको रोमान्चकता मनले अनुभूत गर्न खोजेकै हो। तर, तर, उनी त कुण्ठाको सिकार पो। पिताजी ब्रह्माका मितवा प्रजापतिले यो कुरा अलि अलि लख काटे, “किन उदास छे वागीश, अर्थात् मेरी भारती, शारदा, सरस्वती, वागीश्वरी !? किन ?”

“किन पिताश्री ? किन ?” उल्टो प्रश्न पो छोरीकै। “किन पिताश्री, धर्मेन्द्र, जीतेन्द्र, राजेश खन्ना, अमीताभ बच्चन, देव आनन्द, सबै रमा उर्फ लक्ष्मीको पछि लागेका ? के म विरूपाक्ष छु ? के मसित पुरुष नामको भमरलाई आकर्षण गर्ने लावण्य छैन ? हजुरको सृष्टिमा यो भेदभाव किन पिताश्री ?” रुन पो थाली वागीश। निकै चित्त दुखेछ।

“छोरी, तिमी कोहेनूर,तिमी सात सूर, तिमी अलग तारा, सरस्वतीलाई प्राप्त गर्न सजिलो छैन। चानचुने साधनाले सरस्वती प्राप्त हुन्न। तपस्या गर्नुपर्छ भुवनहरि सिग्देलले जस्तो, प्रोफेसर इमाननारायण रिजालोपाध्यायलेजस्तो, सस्तो छैन मेरी छोरी। तिमी दुर्लभ, लक्ष्मीको पछि दुनियाँ दौडिन्छ, लक्ष्मीको रूप नै त्यस्तै छ, यो प्रारब्ध हो, विधिको विधान हो, दुनियाँको, यो वैश्य युगको लीला हो। आफ्नो अस्तित्व बुझ। तिमी, तिमी हौ। तिमी “रफी” हौ । कुरा अभिधामा नबुझ्नू। लक्ष्मीको आफ्नै दुनियाँ छ, तिम्रो आफ्नै। मेधावीको गन्तव्य हौ तिमी। सालाखालाहरू तिम्रो नजीक आउने हिम्मत गर्दैनन् । तिमी झारपातहरूको निम्ति यो धरतीमा आएकी होइनौ।

मैले यसो भनेर लक्ष्मीको मूल्य गिराउन खोजेको होइन नि। बैकुण्ठ जिन्दावाद भन्न कैलाश मुर्दावाद भन्नुपर्दैन। तिमीहरू पनि दुई नैन हौ मेरा ! बैनीलाई स्नेह गर, लक्ष्मी तिम्री बैनी, अलि चन्चल छे ! मानवता र विवेक सिकाउने काम तिम्रो। लक्ष्मीलाई लीकमा ल्याउने सरस्वतीले हो, बादशाहलाई योगीले तह लगाएजस्तै, वानरलाई नरनाथ फित्कौली सम्राटले तह लगाएजस्तै !”

“धन्यवाद पिताश्री !” वागीशको अनुहार उज्यालो भयो।

०००
चितवन

इलस्ट्रेसन श्राेत : हिमालखबर डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x