साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र घाँडो भयो

पोखरीका भ्यागुता जस्ता हाम्रा नेताहरूलाई । अझै पनि गणतन्त्र दुई शताब्दी चाँडो भयो ।।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

जनतालाई गणतन्त्र बेकामको भाँडो भयो ।
त्यसैले त नेतालाई गणतन्त्र घाँडो भयो ।।

साँच्चै भनौँ भने देश निकै नै छ मर्माहत ।
देशलाई नै गणतन्त्र पैतालाको काँडो भयो ।।

मैले सोँच्थेँ सगरमाथा नेपालको गौरव हो ।
तर आजभोलि भने फोहोर फाल्ने डाँडो भयो ।।

घुस दिन घुस लिन हुन्न भन्थे अघिकाले ।
ऐले भने लपलप खान मिल्ने फाँडो भयो ।।

नारी बेचबिखनको होडबाजी चलेको छ ।
स्वास्नी छँदै नेपालको गणतन्त्र राँडो भयो ।।

पोखरीका भ्यागुता जस्ता हाम्रा नेताहरूलाई ।
अझै पनि गणतन्त्र दुई शताब्दी चाँडो भयो ।।

सुरक्षित राखेँ मैले राम्रो काम देला भनी ।
ऐले आफ्नो कलम पनि बेकामको ठाँडो भयो ।।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x