सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गणतन्त्र घाँडो भयो

पोखरीका भ्यागुता जस्ता हाम्रा नेताहरूलाई । अझै पनि गणतन्त्र दुई शताब्दी चाँडो भयो ।।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

जनतालाई गणतन्त्र बेकामको भाँडो भयो ।
त्यसैले त नेतालाई गणतन्त्र घाँडो भयो ।।

साँच्चै भनौँ भने देश निकै नै छ मर्माहत ।
देशलाई नै गणतन्त्र पैतालाको काँडो भयो ।।

मैले सोँच्थेँ सगरमाथा नेपालको गौरव हो ।
तर आजभोलि भने फोहोर फाल्ने डाँडो भयो ।।

घुस दिन घुस लिन हुन्न भन्थे अघिकाले ।
ऐले भने लपलप खान मिल्ने फाँडो भयो ।।

नारी बेचबिखनको होडबाजी चलेको छ ।
स्वास्नी छँदै नेपालको गणतन्त्र राँडो भयो ।।

पोखरीका भ्यागुता जस्ता हाम्रा नेताहरूलाई ।
अझै पनि गणतन्त्र दुई शताब्दी चाँडो भयो ।।

सुरक्षित राखेँ मैले राम्रो काम देला भनी ।
ऐले आफ्नो कलम पनि बेकामको ठाँडो भयो ।।

०००
गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गोरुबेचे साइनो

गोरुबेचे साइनो

काशीनाथ मिश्रित
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी