साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्वान-हनुमान लीला !

सोझो गरी घिउ निस्कन्न पार्नै पर्दछ बाङ्गो चाल ढुक्कैसँग भन् तेरो सत्ता नेपालकै स्वर्णिमकाल ! श्वान-हनुमान्बाटै मिल्ने सत्ताको यो स्वाद कमाल गिदी नदुखा स्वाँठे 'पट्टु' राजनीति इन्द्रकै जाल !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

Uttam Krishna Majgaiya

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल !
तेरो विगत दु:स्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरुकै हो नेपाल !

भयो पुर्पुरोमा जनको
बाढी-पहिरो औ अनिकाल
केही तैंले पनि दे भाइ
फैला पूरै भाषण-जाल !

गुलियो चट्ट चटाउँदै
ख्वाउनुपर्छ मीठो माल
मासु-चोक्टा नहोस् न बरु
हाडका टुक्राहरू नै फाल् !

मीठा सपना बाँड्दै गर्नू
कोही गर्छ भने बबाल
सिक्री खोलिदिउँला भाइ
टोक्ने विदेशी कुकुर पाल् !

सुक्छ सुकोस् यो मेची-काली
सगरमाथा होस् पाताल
आलोचना, दोषारोपण
मात्र शत्रुहरुको चाल !

विपक्षीलाई देखाउँला
बन् तँ हाम्रो बलियो ढाल
चुनाब हामी जिताउँला
चाहिए खै बन्दुक-नाल !

ढुकुटी सबै रित्याएछस्
हाम्रो झोलीभित्र पनि हाल्
अनि हेर्नू तँ हाम्रो शक्ति
बनाउँला यो धर्ती लाल !

सोझो गरी घिउ निस्कन्न
पार्नै पर्दछ बाङ्गो चाल
ढुक्कैसँग भन् तेरो सत्ता
नेपालकै स्वर्णिमकाल !

श्वान-हनुमान्बाटै मिल्ने
सत्ताको यो स्वाद कमाल
गिदी नदुखा स्वाँठे ‘पट्टु’
राजनीति इन्द्रकै जाल !

०००
दाङ

कार्टुन श्राेत : नागिरक न्युज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x