साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता कस्ता कस्ता

जन्ती मार्दै पूजा रोक्ने भोड्का सारा आफैँ धोक्ने पैसा लुट्ने तार्ने पारि आफैँ भिर्छौ झोला सारी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हाम्रा नेता कस्ता कस्ता
बोल्दै गर्दा नेता जस्ता
मोल्दै गर्दा आटो जस्ता
खोल्दै गर्दा गाँठो जस्ता ।१

हामी गर्छौँ भन्दै राख
आफैँमात्रै खान्छन् दाख
ओल्लो पल्लो पुज्दै राख
सत्ता स्वादे चाख्दै राख ।२

भेडा हामी सारा हुन्छौँ
केरा हेर्दै डेरा सार्छौँ
घन्टी बाँधी सुन्दै राख
भुत्ला हाम्रो झार्दै राख ।३

मौका पर्दा हाल्छौँ भोट
भिर्दै जाऊ भुत्ले कोट
हाम्रो बोली तिम्रालागि
दिन्छौँ हामी काम्लो पाखी ।४

जे जे भन्छौ पत्याएर
जान्नौँ हामी लत्याएर
त्यो धन्दा ता तिम्रालागि
थाती राखे भर्दै पाथी ।५

फाल्ने भन्छौ फाल्छौँ हामी
भ्या भ्या गर्दै बन्छौँ नामी
सत्ता भत्ता आफैँ खाऊ
हाम्रा आलो पार्दै घाउ ।६

ठोक्ने भन्छौ ठोक्छौँ हामी
तिम्रा गोली धोक्छौँ हामी
राणा राजा पञ्चे फाल्यौँ
आशा मात्रै बत्ती बाल्यौँ ।७

कालो रात्री खै जाँदै जान्न
बाटाघाटा हाम्रा हैन
पानी बेच्दा चुप्पै बस्छौँ
माटो बेच्छौ लाटो बन्छौँ ।८

आटो निस्तो गल्लो खान्छौँ
कुल्ली बन्दै खन्दै खान्छौँ
कुम्लो पार्दै राख्दै जाऊ
मौका पर्दा झिक्दै खाऊ ।९

राँगा पाडा छैनन् बाँकी
ढाल्दै हिड्यौ आधा राती
बोका बाख्रा पाठापाठी
घिस्याएथ्यौ डाँडामाथि ।१०

भाले बास्दा कैयौं पाथी
खाना पाक्थ्यो तिम्रालागि
हामीलाई भेडा पार्ने
सोझा साझा देखे मार्ने ।११

जन्ती मार्दै पूजा रोक्ने
भोड्का सारा आफैँ धोक्ने
पैसा लुट्ने तार्ने पारि
आफैँ भिर्छौ झोला सारी ।१२

तिम्रो चाला दामी लाग्यो
हाम्रा स्वामी नामी लाग्यो
नेता हाम्रा कस्ता कस्ता
हामी आफैँ भेडा जस्ता ।१३

०००
हाल – बैजनाथ-१ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x