गाेपेन्द्रप्रसाद रिजालकौडा र जुवाडे
कुनै दिन कौडाको माला बनिनु नै छ र, निधारमा कालो टीका लगाउनु नै छ करबिरे मसान जगाउनु नै छ भने, हे ! कौडाहरू आउ आजै अहिल्यै जुवाडेको मुट्ठि खोलेर खाल भत्काएर ।
गोपेन्द्रप्रसाद रिजाल :
ओ साथी ! भुइँ मान्छेको जिन्दगी त
कौडा न हो जुवाको ।
खालमा घोप्टिनु छ
उत्तानु पर्नु छ ।
ख्याल छिटो पुग्छ र आँखा जुवाडेको
मारा,
पैसा छो
कौडा न छो
यस्तै यस्तै जिन्दगी बोकेका कौडाहरू
कति बेचिन्छन् अमेरिका
कति बेचिन्छन् खाडीमा
मारा
पैसा छो
कौडा न छो ।
ललिता निवास या
पित्तल जस्तै सुन
कौडालाई मतलबै हुन्न
च्याँखे थाप्नेहरू
कति पाहुना बनेर
भित्र हुन्छन् जुवाडेको साझा घरमा ।
असलमा,
खाल थाप्ने र
जुवाडेले नै त हो
कौडा
चित या पोट पार्ने
कौडाको काम केवल
जुवाडेको मुट्ठीमा हल्लिनु र
खालमा चित या पोट पर्नु ।
कुनै दिन कौडाको माला
बनिनु नै छ
र, निधारमा कालो टीका लगाउनु नै छ
करबिरे मसान जगाउनु नै छ भने,
हे ! कौडाहरू
आउ आजै अहिल्यै
जुवाडेको मुट्ठी खोलेर
खाल भत्काएर ।
कौडाहरूको संसार बनाउँ
खाल र जुवाडेलाई
खरानी बनाएर ।
लौ जा !!
०००
मैतीदेवी, काडमाडौं
Subscribe
Login
0 Comments
Oldest







































