साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धराले श्राप दिन्छ कि ?

ल्याङफ्याङ गरी हाँसे टाउका- टाउके सिधै । कुर्चीकै फुर्तिमा नाचे खन्चुवा लाउके दुवै ॥ कार्यान्वयनको, ‘वाचा’ आचा गन्दकी मात्र भो । हातमा शून्य थामेर भरिलो गात्र मात्र पो ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

झगडा तगडा बन्दै, तप्कातप्का विवाद छ
चुच्चे ढुङ्गो उहीँ टुङ्गो बुङ्गा हो अभिशाप छ
कार्यदल बनाएर के गर्‍यौ बोल खोलमा
बालुवा गिट्टी पेलेर तेल झर्दैन कोलमा ॥१॥

सालौँ-साल चले जाँच परिणाम सुनिन्न खै ?
नाता चाकरका हत्कडी, बाँधियो कतै ??
प्रभुभक्ति सधैँ गर्दा दास शक्ति बलाबल –
पुगेरै जनता देश, धस्सिँदैछ रसातल ॥२॥

ल्याङफ्याङ गरी हाँसे टाउका- टाउके सिधै ।
कुर्चीकै फुर्तिमा नाचे खन्चुवा लाउके दुवै ॥
कार्यान्वयनको, ‘वाचा’ आचा गन्दकी मात्र भो ।
हातमा शून्य थामेर भरिलो गात्र मात्र पो ॥३॥

शीर्षका चुचुराभित्र दूरदृष्टि सफा प्रण –
फलेनन् किन देखिन्छ छातीभरि व्रणै व्रण ?
अध्यारो व्योम बर्सेर, उल्का उत्पात हुन्छ कि ?
अकर्मण्य लुला दास, धराले श्राप दिन्छ कि ? ॥४॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x