साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराका मात्र खात !

हनुमानको जस्तो छाती चिर्नु हुँदोरहेन छ । गफडी आफ्ना विरुद्ध हजार गाली सुन्न तयार छ, तर सर्त के भने देशहितका भावनाले गरिएका गाली हुनुपर्दछ, गफडीवेहित हुने कुनै कुरा सुन्न खुला तयार छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कुरा ! कुरा ! कुरा !

गफडीले प्राय कुरौटे जन्तु नै बेसी देखेको छ । हुन त आफू पनि गफडी र कुरौटे भएपछि विधुवीलाई ढोग्दा ढोग्नेलाई आसिक दिँदा ‘म जस्तै भएस् !’ भन्थी रे । भन्ने पुरानो भनाइबमोजिम आफू झैँ अरु कुरौटे हुँदा मख्ख नै पर्नु पर्ने हो । सायद ‘श्वानवत् गुर्गुरायते’ वा बाहुनले बाहुन देख्दा नाक खुम्च्याएकै होला-खालि कुरौटे मात्र यत्र-तत्र छरिएका र नाचेका देख्दा गफडी छक्क पर्छ । आफू भेटेसम्म भ्रष्टाचार गरेर समाज भाँड्ने नै अरूलाई भाँड भन्छन् । केही नगर्ने अल्छे नै हड्डी घोटेर देश बताउने वहुधा भाषण दिन्छन्, जङ्गल सखाप पार्ने नै अरुको भन्दा बढी वनसुरक्षाको फलाको फलाक्छन्, नक्क्ली बिल बताउने बहादुरहरू प्रायः सक्कली कुरा गर्छन् । यसले केही राम्रो गरेन, यो काम पटक्कै सुहाउँदो भएन नभन्ने कुरौटे कमै छन् । यस्ता खाले कुरा भन्नेका कुरा सुन्दा सुन्दा सुन्ने साधारणका कानका किरा मात्र खाइसकेनन्, पट्टाइ लागेर अति नै हाइ हाइ आइसक्यो ! गफडी, त्यसैले गफ गर्दा पिँधेको नै पिधिन्छ कि भनी डराउँछ । (त्यसै त डरछेरुवा कान्छो यो सानो परानी !)

काग र कोइली

गफै त हो- चलाखीबारे केही भनौ है । चलाखलाई काग भन्ने चलन रहेछ । लाटो गफडी कागलाई साह्रै ठुलो चलाख मान्छ, किनभने घरद्वार हरोहर केही नभए पनि कागहरू मोटाएकै हुन्छन्, चिल्लै हुन्छन् । घर-घर डुलेर मालिक रिझाएर वा झुक्याएर आहारा जुटाउने र काग-काग गरी नयाँ-नयाँ (थोत्रा) सन्देश दिने कागको चलाखीलाई पनि कोइलीको चलाखीले मात गर्दो रहेछ । ठगलाई ठग्नु जस्तो ठूलो चलाखी गफडीलाई अरू केही लाग्दैन । दुई छट्टुले मिलेर हिरा ठगेर ल्याएछन् र एउटा छट्टू नै व्यापारीको घर सुतेछन् । व्यापारीको पालो राति हुक्का तानेछ रे ! छट्टुले ठग्ने हिरा बलिरहेको रहेछ । ठग व्यापारीलाई नै झुक्याएका ती ठग पटक्कै थाहा नपाई निदाएछन् रे । यस्तो हुन्छ कोइली । म जिल्ला जिल्लामा थुप्रै ठाउँका कुरामा काग र कोइली पाउँछु । ठग कागलाई पनि नोकर पार्ने कोइलीको यहाँ अभाव छैन । झन् काग र कोइली दुवै मिलेर पनि कतिपय ठाउँमा ठग्दा त झन् कस्तो विघ्न उत्पात मच्चिया होला, शोचनीय छ कुरा । विचारणीय न सही, उदेकलाग्दो छ कुरा ।

बकुल्लो भक्ति
रामभक्ति, कृष्णभक्ति, देशभक्ति झैँ एउटा प्रसिद्ध बकुल्लो भक्तिवारे गफडी एक अनुच्छेद गफ गर्ने अनुमति माग्छ । म साधु हुँ, मैले हिंसा गर्ने गरेको छैन भनी एउटा बकुल्लाले तलाउमा बसेर सधैँ माछा सिध्याएछ रे ! आज कतिपय बकुल्ला जस्ता हाकिमहरूले जे काम गर्दा पनि कोप्ल्याक्क- कोप्ल्याक्क भक्याएको देख्दा गफडी मुर्छा पर्छ ! कति मजको हुन्छ बिल्डिङ बनाइ, कति दुःखदायी झुप्रोवास ! कति आनन्दकर कुधाइ ! कतिपटक पैदल हिँडाइ ! यस्तो विचार गर्दा बकुल्लोभक्ति ठुलै कुरा हो । यत्रो फेसन र वेसनको मूलशक्ति छोड्नु सानोतिनो जीवनवाट हुने कुरा होइन भनी गफडी चित्त पनि बुझाउँछ । अँ, एकजना ठुला हाकिमको व्याख्या गफडीलाई हेक्का भएर आयो- ‘आजसम्म चोरी नगर्नु र बदमासी नगर्नू भनी-भनी कति महापुरुष गए ! तिनका कुरामा कसले कति ध्यान दियो, मनन गर्‍यो ?’ गफडी कान समाउँछ- हो बाबा हो ! कुरा साँच्चो शत-प्रतिशत साँच्चो हो !

पातमा पात ! वातमा वात !
गफ गर्ने सुर त अझै थियो, तर हतार छ, फुर्सद नै छैन । गर्न थालेपछि पातमा पात भए झैँ बातमा अनेकौँ बात नै हुँदा रहेछन् । सायद, परनिन्दामा खप्पिस गफडी स्वनिन्दा सुन्दा के अवधूत भएको छ ? प्रश्न छ होला- अर्काको आलोचना गर्ने गफडी आफ्नो आलोचना सुन्न सक्दछ ? के गर्नु हजुर ! हनुमानको जस्तो छाती चिर्नु हुँदोरहेन छ । गफडी आफ्ना विरुद्ध हजार गाली सुन्न तयार छ, तर सर्त के भने देशहितका भावनाले गरिएका गाली हुनुपर्दछ, गफडीवेहित हुने कुनै कुरा सुन्न खुला तयार छ । ल, भैगो गफडी तयार होस् नहोस्, आजका युगका प्राणीले आत्मालोचना गर्ने समय भएको छ, नत्र काग, कोइली, बकुल्लाहरूको चपेटामा हामी बातमा बात मात्र धेरै गर्ने छौँ । कुरौटेका कुराका चपेटामा हाम्रा कानका किरा मात्र खाइनेछन् ! हवस् त । आजलाई ज्यादा कुरा नगरूँ ! आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क १९, २०३५
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x