सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुराका मात्र खात !

हनुमानको जस्तो छाती चिर्नु हुँदोरहेन छ । गफडी आफ्ना विरुद्ध हजार गाली सुन्न तयार छ, तर सर्त के भने देशहितका भावनाले गरिएका गाली हुनुपर्दछ, गफडीवेहित हुने कुनै कुरा सुन्न खुला तयार छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कुरा ! कुरा ! कुरा !

गफडीले प्राय कुरौटे जन्तु नै बेसी देखेको छ । हुन त आफू पनि गफडी र कुरौटे भएपछि विधुवीलाई ढोग्दा ढोग्नेलाई आसिक दिँदा ‘म जस्तै भएस् !’ भन्थी रे । भन्ने पुरानो भनाइबमोजिम आफू झैँ अरु कुरौटे हुँदा मख्ख नै पर्नु पर्ने हो । सायद ‘श्वानवत् गुर्गुरायते’ वा बाहुनले बाहुन देख्दा नाक खुम्च्याएकै होला-खालि कुरौटे मात्र यत्र-तत्र छरिएका र नाचेका देख्दा गफडी छक्क पर्छ । आफू भेटेसम्म भ्रष्टाचार गरेर समाज भाँड्ने नै अरूलाई भाँड भन्छन् । केही नगर्ने अल्छे नै हड्डी घोटेर देश बताउने वहुधा भाषण दिन्छन्, जङ्गल सखाप पार्ने नै अरुको भन्दा बढी वनसुरक्षाको फलाको फलाक्छन्, नक्क्ली बिल बताउने बहादुरहरू प्रायः सक्कली कुरा गर्छन् । यसले केही राम्रो गरेन, यो काम पटक्कै सुहाउँदो भएन नभन्ने कुरौटे कमै छन् । यस्ता खाले कुरा भन्नेका कुरा सुन्दा सुन्दा सुन्ने साधारणका कानका किरा मात्र खाइसकेनन्, पट्टाइ लागेर अति नै हाइ हाइ आइसक्यो ! गफडी, त्यसैले गफ गर्दा पिँधेको नै पिधिन्छ कि भनी डराउँछ । (त्यसै त डरछेरुवा कान्छो यो सानो परानी !)

काग र कोइली

गफै त हो- चलाखीबारे केही भनौ है । चलाखलाई काग भन्ने चलन रहेछ । लाटो गफडी कागलाई साह्रै ठुलो चलाख मान्छ, किनभने घरद्वार हरोहर केही नभए पनि कागहरू मोटाएकै हुन्छन्, चिल्लै हुन्छन् । घर-घर डुलेर मालिक रिझाएर वा झुक्याएर आहारा जुटाउने र काग-काग गरी नयाँ-नयाँ (थोत्रा) सन्देश दिने कागको चलाखीलाई पनि कोइलीको चलाखीले मात गर्दो रहेछ । ठगलाई ठग्नु जस्तो ठूलो चलाखी गफडीलाई अरू केही लाग्दैन । दुई छट्टुले मिलेर हिरा ठगेर ल्याएछन् र एउटा छट्टू नै व्यापारीको घर सुतेछन् । व्यापारीको पालो राति हुक्का तानेछ रे ! छट्टुले ठग्ने हिरा बलिरहेको रहेछ । ठग व्यापारीलाई नै झुक्याएका ती ठग पटक्कै थाहा नपाई निदाएछन् रे । यस्तो हुन्छ कोइली । म जिल्ला जिल्लामा थुप्रै ठाउँका कुरामा काग र कोइली पाउँछु । ठग कागलाई पनि नोकर पार्ने कोइलीको यहाँ अभाव छैन । झन् काग र कोइली दुवै मिलेर पनि कतिपय ठाउँमा ठग्दा त झन् कस्तो विघ्न उत्पात मच्चिया होला, शोचनीय छ कुरा । विचारणीय न सही, उदेकलाग्दो छ कुरा ।

बकुल्लो भक्ति
रामभक्ति, कृष्णभक्ति, देशभक्ति झैँ एउटा प्रसिद्ध बकुल्लो भक्तिवारे गफडी एक अनुच्छेद गफ गर्ने अनुमति माग्छ । म साधु हुँ, मैले हिंसा गर्ने गरेको छैन भनी एउटा बकुल्लाले तलाउमा बसेर सधैँ माछा सिध्याएछ रे ! आज कतिपय बकुल्ला जस्ता हाकिमहरूले जे काम गर्दा पनि कोप्ल्याक्क- कोप्ल्याक्क भक्याएको देख्दा गफडी मुर्छा पर्छ ! कति मजको हुन्छ बिल्डिङ बनाइ, कति दुःखदायी झुप्रोवास ! कति आनन्दकर कुधाइ ! कतिपटक पैदल हिँडाइ ! यस्तो विचार गर्दा बकुल्लोभक्ति ठुलै कुरा हो । यत्रो फेसन र वेसनको मूलशक्ति छोड्नु सानोतिनो जीवनवाट हुने कुरा होइन भनी गफडी चित्त पनि बुझाउँछ । अँ, एकजना ठुला हाकिमको व्याख्या गफडीलाई हेक्का भएर आयो- ‘आजसम्म चोरी नगर्नु र बदमासी नगर्नू भनी-भनी कति महापुरुष गए ! तिनका कुरामा कसले कति ध्यान दियो, मनन गर्‍यो ?’ गफडी कान समाउँछ- हो बाबा हो ! कुरा साँच्चो शत-प्रतिशत साँच्चो हो !

पातमा पात ! वातमा वात !
गफ गर्ने सुर त अझै थियो, तर हतार छ, फुर्सद नै छैन । गर्न थालेपछि पातमा पात भए झैँ बातमा अनेकौँ बात नै हुँदा रहेछन् । सायद, परनिन्दामा खप्पिस गफडी स्वनिन्दा सुन्दा के अवधूत भएको छ ? प्रश्न छ होला- अर्काको आलोचना गर्ने गफडी आफ्नो आलोचना सुन्न सक्दछ ? के गर्नु हजुर ! हनुमानको जस्तो छाती चिर्नु हुँदोरहेन छ । गफडी आफ्ना विरुद्ध हजार गाली सुन्न तयार छ, तर सर्त के भने देशहितका भावनाले गरिएका गाली हुनुपर्दछ, गफडीवेहित हुने कुनै कुरा सुन्न खुला तयार छ । ल, भैगो गफडी तयार होस् नहोस्, आजका युगका प्राणीले आत्मालोचना गर्ने समय भएको छ, नत्र काग, कोइली, बकुल्लाहरूको चपेटामा हामी बातमा बात मात्र धेरै गर्ने छौँ । कुरौटेका कुराका चपेटामा हाम्रा कानका किरा मात्र खाइनेछन् ! हवस् त । आजलाई ज्यादा कुरा नगरूँ ! आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क १९, २०३५
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी