साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हुँ ?

विश्वको भ्रमण गर्छु यसै म दुख्नु हुन्न शिर पुग्छु उतै म राज्यको विपुल कोष छँदै छ सामदानसँग शक्ति छँदै छ ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

चप्प चप्प छ सुरासँग साथ
टाउकोसँग म जोड्दछु हात
शुद्ध बोल्छु मुखले गुलियो छु
कुर्सीमा छु म यसै बलियो छु ॥

दृष्टि चञ्चल घुमाउँछु फेरि
खान्छु झ्वाम्म मुखको म नहेरी
आडमा छु दलको जहिल्यै म
देखिइन्न यसमा कहिल्यै म ॥

गाउँ घुम्छु मुखले रस छर्छु
भोटखातिर म नाटक गर्छु
तर्कमा म छु सरासर माथि
माथि पुग्दछु कमाउँछु साथी ॥

छैन कानुन सशक्त ममाथि
छर्छु थोर यसमा धन साथी
खर्च गर्न छ सदा सरकारी
राख्छु ठिक्क सँगमा अधिकारी ॥

विश्वको भ्रमण गर्छु यसै म
दुख्नु हुन्न शिर पुग्छु उतै म
राज्यको विपुल कोष छँदै छ
सामदानसँग शक्ति छँदै छ ॥

भित्र भैकन म बाहिर हुन्न
कस्न खोज जति नै म कसिन्न
हान वाण जति नै म खडा छु
चिन्न सक्छ कसले म कडा छु ॥

०००
झापा, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x